प्रवलदिप विश्वासको थारु भाषमा कोभिड १९ सम्वन्धि सचेतमामुलक गित

0
305

रेडियो उदयपुर,उदयपुर । रहम रहम सचेत रहम कोरोना से बचम बोलको थारु थाषाको कोभिड १९ नियन्त्रण सम्वन्धी सन्देशमुलक गित प्रवलदिप विश्वासले लिएर आएको छ ।

चुडामणी देवकोटाको रचना,भुपेन्द्र रायमाझीको संगित रहेको गितमा प्रवलदिप विश्वासको स्वरले सजिएको छ । उक्त गितमा कोरोना भाइरस वाट हामी कसरी बच्न  सक्छौ,यो समयमा आफनो स्वास्थय र सरसफाइमा ध्यान दिन जरुररी रहेको कुरा सन्देशमुल गित वाट थारु भाषामा औलाएको छ ।

थारु समुदायमा गितको माध्यम वाट सन्देश दिन खोजिएको गायक विश्वासले बताउनुभयो । विरु माझीको छयांकन रहेको भिडियामा प्रवलदिप विश्वासले सम्पादन तथा निर्देशन गरेका हुन । त्यस्तै कलव विश्वास,रविन चौधरी,विजेता माझी,अमृता माझीलाई भिडियोमा देख्न सकिन्छ ।

गित उत्पादनमा रेडियो नेपाल,Spark एडभरटाइजिङ,मिडिया कन्सेप्ट, QD Digital  र Chandani Digital को सहयोग रहेको छ । त्यस्तै सहयोगी संस्था रेडियो उदयपुर,कोचिला एफ.एम र झुम्का एफ एमको रहेको छ ।