उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । आईतबार बिहान १०ः२० बजेको समयमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ स्थित गिदेरी खोलामा बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको प्रदेश १–०४–००१ त १३३२ नम्बरको रोटाभेटर जडान गरिएको ट्याक्टर उकालो चढ्ने क्रममा पल्टिँदा चालक सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सहित तल झरेका चालकलाई ट्याक्टरले किचेको प्रहरीले जनाएको छ । ट्याक्टर भागलपुरका अनिल गुप्ताको रहेकोे खुल्न आएको छ । मृतक बेलका नगरपालिका वडा नम्बर २ का हरिया चन्द्रवंशीका छोरा हुन् । घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।




