Wednesday, July 22, 2026
Homeप्रमुख समाचारवडा नम्वर १६ द्धरा अति विपन्न घर परिवारलाई खाध्य समाग्री वितरण

वडा नम्वर १६ द्धरा अति विपन्न घर परिवारलाई खाध्य समाग्री वितरण

उदयपुर । त्रियुगा नगरपालिका वडा नम्वर १६ ले अति विपन्न घर परिवारलाई खाध्य समाग्री वितरण गरेको छ । आफना वडामा रहेको टोल विकास संस्थाहरु मार्फत ज्याला मजदुरी गरेर घर परिवार चलाउदै आएका घरधुरी पहिचान गरेर राहात समाग्री वितरण गरिएको हो ।

विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोभिड १९ ले गर्दा देशमा लागु भएको लकडाउनले ज्याला मजदुर गरेर जिविकोपर्जन गर्ने परिवारमा भोकमरीको अवस्था सृजना हुन नदिनको लागी वडाका अति विपन्न घर परिवारमा राहात प्याकेज वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । उहाले,नगरपालिकाको कार्य निर्देशन अनुुसार वडामा राहत कोष खडा गेरेर राहात प्याकेज ल्याएको वताउनुभयो । उहाले यो सयम सवैजनाले सरकारले लागु गरेको लकडाउनको नियम पालाना गरिदिन अनुरोध गर्नु भएको छ ।

शुक्रवार देखी सुरु गरिएको राहत वितरणमा शाहीखोला टोल विकास मार्फत ३१ घर परिवार र सुकौरामा १०७ परिवारमा राहात वितरण गरिएको छ भने वाकी घर परिवारमा भोली वितरण गरिने वडा सदस्य गोमा कार्कीले बताउनु भयो ।राहात प्याकेजमा प्रतिघर ३० केजी चामल,२ केजी दाल,१ पोका नुन,२ पोका तेल र २ वटा सावुन वितरण गरिएको छ । पहिलो चरणमा २ सय ५२ घर परिवारलाई राहात वितरण गरिने वडा कार्यलयले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular