Tuesday, July 21, 2026
Homeप्रमुख समाचारउदयपुरमा भएको थारु सिंगिङ स्टार अडिशनबाट १४ प्रतियोगि छनौट

उदयपुरमा भएको थारु सिंगिङ स्टार अडिशनबाट १४ प्रतियोगि छनौट

उदयपुर। उदयपुरमा भएको थारु सिंगिङ स्टारको अडिशनबाट १४ जना प्रतियोगिहरु छनौट भएका छन् । सदरमुकाम गाईघाटमा शनिबार भएको प्रथम अडिशनबाट उनिहरु छनौट भएको हो । छनौट हुनेमा सञ्जय चौधरी, सन्तोषी चौधरी, रामनारायण चौधरी, सुरेश कुमार चौधरी, अन्जन चौधरी, सर्बन चौधरी, अञ्जनी चौधरी र चन्दा कुमारी चौधरी रहेका छन् ।

त्यसैगरि छनोट हुनेमै रुपा चौधरी, सिर्जना कुमारी चौधरी, दयाराम चौधरी, सागर चौधरी, बिनोद चौधरी र राजकुमार चौधरी रहेको आयोजक समितिका अध्यक्ष अजय चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार थारु समुदायमा लुकेर रहेको थारु गायन प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अडिशन पुनः माघ १४ गते झुम्का, १८ गते मोरङको नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा गरिने छ ।

सो अडिशन शोबाट छनौट भएको प्रतियोगिहरुलाई पहिलो, दोस्रो गर्दै पाँचौं चरणबाट पाइनल राउनको लागि तिन जना प्रतियोगिलाई मात्र छनौट गरिने छ । छनौटमा परेको प्रतियोगिताहरु नै थारु सिंगिङ स्टारको ताज पहिरिने छ । उक्त अडिशन शोको निर्णायक भूमिकामा गायक तथा संगीतकार विभास चौधरी, गायक आर।सी। चौधरी, प्रकाश माझी, गीता चौधरी, सुनिल माझी र प्रज्वलदिप विश्वास रहने छन् ।

थारु सिंगिङ स्टारको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले थारु प्रतिभा पहिचानको माध्यम भएकोले यस कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।कार्यक्रमलाई निरन्तरता दिनको लागि त्रियुगा नगरपालिकाले जुनसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आधुनिक गीत मात्र होइन थारुको पौराणिक गीतहरुको पनि पहिचान गरी संरक्षण गर्न आवश्यक रहेको बताए । उनले कला क्षेत्रमा सवै भन्दा बढी थारुको नै पौराणिक गीतहरु धुमरा नाच, विरहैन, चाँचैर, फगुवा, समाचकेवा लगायतको बाह्र माहिनामा गाईने गीतहरु भएकोले यसको संरक्षणमा विवेकशील थारु युवा समूहको पनि ध्यान जानु पर्ने बताए । उनले थारु समुदायमा भएको प्रतिभाहरुलाई बचाई राख्न यस नगरपालिकाले सक्दो शेयर गर्ने बताए । उनले त्रियुगा नगरपालिकामा भएका थारु समुदायको जितिया पर्व बगहाको जीतमहान मन्दिरमा भए समाचकेवा अर्को ठाउँमा र माघी महोत्सव अर्को ठाउँमा राख्नु पर्ने बताए । तर, केही वर्षदेखि जितिया, समाचकेवा, माघी पर्व एक ठाउँमा होइन गाउँ गाउँमा गर्ने गरेकोले यस कार्यक्रमहरुलाई एकिकृत गरेर नगरमा एकै ठाउँमा संचालन गर्नु पर्ने उपमेयर चौधरीले बताईन् ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular