Tuesday, July 21, 2026
Homeप्रमुख समाचारथारु सिंगिङ स्टारको पहिलो अडिसन गाईघाटमा

थारु सिंगिङ स्टारको पहिलो अडिसन गाईघाटमा

डिएन खोहरीया थारु, उदयपुर । थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन उदयपुरको गाईघाटमा हुने भएको छ । विवेकशिल थारु युवा समुह,सुनसरी,मोरङ्ग द्धरा आयोजित थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन यही माघ ११ गते शनिवार गाईघाटको होटल टाउन हलमा हुने भएको छ ।

प्रदेश १ अन्तर्गत वसोवास गर्ने गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टाको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश भगतले बताए । उनका अनुसार पहिलो अडिसन गाईघाट संगै यस कार्यक्रमको औपचारिक उद्धघाटन हुने जनाएको छ ।

माघ १४ गते झुम्का,१८ गते नेता चोक,२४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन कार्यक्रम रहेको संस्थाको सचिव लक्ष्मि नारायण गच्छदारले बताए । उनले भने,यस कार्यक्रमले थारु समुदायमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान गरी उजागर गर्न प्रेरीत गर्ने मुख्य उद्धेश्य लिएको वताए।

गायन कलालाई मर्यादित बनाउँदै व्यवसायीक वनाउन पहल गर्दै अग्रज व्यक्तिहरुको समान संगै नयाँ पुस्तालाई अवसर प्रदान गरी कलाकारहरुका लागी संस्थागत विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular