सहारा नेपालद्धरा कृषक समुहलाई बोयर वोका

0
371

उदयपुर । सहारा नेपाल वचत तथा श्रmण सहकारी संस्था लिमिटेड सेवा केन्द्र गाईघाट,उदयपुरले कृषक समुहलाई बोयर वोका हस्तान्तरण गरिएको छ । लघुबित्त समुह बाख्रा पालक कृषक समुहलाई घुम्ति सेवाको लागी बोयर वोका वितरण गरिएको हो । मंगलवार एक कार्यक्रमका विच उदयपुरगढी गाउपालिका ७ नरकटेका कृषक समुहलाई संस्थाले वोका वितरण गरिएको हो ।

कृषकहरुलाई व्यावसायिक रुपमा बाख्रा पालनमा प्रोत्साहन गर्नका लागी लघुबित्त महिला समुह अन्तर्गत बोयर वोका वितरण गरिएको साहारा नेपालका कार्यक्रम संयोजक प्रदिप कुमार गिरीले बताए । उनका अनुसार संस्थाले कृषकहरुलाई कर्जा संगै आत्मनिर्भर र व्यवसायिकमुलक बनाउनका लागी विभिन्न परियोजना तथा व्यवसायिक कर्जा अन्तर्गत कृषी,पशुपालन लगाएतका कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी उदयपुरगढी गाउँपालिका वडा ७ का वडा अध्यक्ष कर्ण माया मगरले संस्थाले श्रmण लगानी तथा असुली मात्र नगरि कृषकहरुलाई व्यावसायिक मुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा संस्थको प्रसंसा गरेको थिए । वहाले ,वाडको सलिङ्ग वजेटमै शिर्षक राखेर कृषि तथा पशुपालन सम्वन्धि वडामा काम गरिरहेकोमा सहारा नेपालले पनी आफनो वडामा कृषकलाई आवश्यक सपि,तालिम प्रदान गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै पुजीका साथ  समुहमा प्रविधी पाउदा आफुहरुमा सामुहिक पशुपालनमा हौसला मिलेको नरकटे महिला समुहका सदस्य वालिका काफलेले बताइन् ।

गाईघाट सेवा केन्द्र,उदयपुरका प्रमुख खगेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कायक्रममा, जन प्रतिनिधी,प्राविधिक हरेन्द्र चौधरी, समुह प्रवन्धक रमेश खड्का,महिला समुहका सदस्यहरु,स्थानिय लगाएतको उपस्थित रहेको थियो । गाईघाट सेवा केन्द्र अन्र्तगत महिला १७५ वटा महिला समुहमा २ हजार भन्दा बढी सदस्यहरु रहेका छन् । कार्यक्रमको संचालन फिल्ड म्यानेजर संजय चौधरीले गरेका थिए ।