निरुता दनुवार,उदयपुर । खाटमन्दिर आधारभुत विद्यालय बागचौरीलाई सेनेटरी प्याड बक्स हस्ताणतरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर ८ वडा कार्यलयको सहयोगमा प्याड सहित लगभग ७५ हजार पर्ने इलेक्ट्रीक उपकरण सेनेटरी बक्स विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी हस्ताणतरण गरिएको हो ।
विद्यार्थी छात्राहरुको स्वास्थय र पठन पाठानलाई ध्यानमा राखेर सेनेटरी बक्स उप्ल्वध गराएको वडा अध्यक्ष कमल कुमार राउतले बताउनुभयो । महिनावारी भएको वेला छोरी विद्यार्थीहरुले कक्षा अनुपस्थित हुने तथा शिक्षिकाहरुमा पनी विदा बस्ने समस्या अव विद्यालयमा यो बक्स उपल्वध भएपश्चात समस्या टर्ने बताउनुभयो ।
वडा महिला सदस्य कमला कटुवाल बस्नेतले सेनेटरी बक्सलाई अन गरी उद्धघाटन गर्नुभएको थियो ।उहाले,बक्सलाई अनगरी दुई रुपैयाको सिक्का हाले पश्चात सजिलै संग प्याड प्राप्त गर्न सकिने बताउनुभयो । विद्यालयका भएको वेला अचानक महिनावारी हुदा विद्यार्थीको शिक्षमा प्रभाव प्रभाव परी मानसिक समस्या समेत झेल्नु परेको बताउनुभयो । तर अव यो समस्या यहाको विद्यालयमा टरे पनी अझै नगर भित्र रहेका अरु सामुदायिक विद्यालयमा यो प्रविधी हुने पर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उद्धव काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्वर ८ को वडा अध्यक्ष कमल कुमार राउत,वडा ९ को अध्यक्ष धनवहादुर दनुवार, वडा सदस्य गुनराज दनुवार, सदस्य दिप नरायण चौधरी ,वडा महिला सदस्य कमला कटुवाल, प्रतिमा ढोली, विभिन्न संघ संस्थाका प्रतिनिधी ,अभिभावक ,संचारकर्मी,शिक्षक साथै विद्यालयका बिद्यार्थी भाईवहिनीहरुको उपस्थित रहेको थियो । विद्यालयमा यो प्रविधी उपल्वध भए पछी विद्यार्थीहरु खुसी भएका छन् ।