खाटमन्दिर आधरभुत विद्यालयको अभिभावक भेला सम्पन्न 

0
453

उदयपुर । श्री खाटमन्दिर आधरभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ मा रहेको श्री खाटमन्दिर आधरभुत विद्यालय बागचौरीको अभिभावक भेला विहिवार सम्पन्न भएको छ ।

भेलाले विद्यालय व्यबस्थापन समितीमा खुल्ला सदस्य उद्धव काफ्ले,दलित सदस्य नेत्र परियार र महिला सदस्यमा शान्ता पोखरेल सर्व सहमत चयन गरेको छ । त्यस्तै शिक्षक अभिभावक संघमा फौद बहादुर पाठकको नेतृत्वमा कार्यसमिती चयन गरेको विद्यालयका प्रध्यानध्यापक अर्जुन ढुङगानाले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ सभा सदस्य हिमाल कार्कीले विद्यालय जस्तो पवित्र स्थानमा कुनै पनी राजनितिक र व्यक्तिगत पहुचका अधारमा नभई सामुदायिक हितका लागी शैक्षिक समाग्राीहरु उप्लव्ध गराउनु पर्ने बताउनुभयो । अभिभावकले जती मेहनत संस्थागत विद्यालमा गर्छ त्यो भन्दा केहि प्रतिशत मात्र सामुदायिकमा गर्ने हो भने सामुदायिक विद्यालको गुणस्तर सुधार गरि नमुना बिद्यालय स्थापना गर्न कुनै पनी समय नलाग्ने बताउनुभयो । वहाले, आफनो तहवाट आधारभुत वाट माध्यमिक विद्यालय स्थापना गर्न आफुले सक्ने सवै साथ सहयोग रहेको बताउनुभयो ।


त्यस्तै कार्यक्रममा त्रियुगा नगर शिक्षा अधिकृत जस वहादुर कार्कीले विद्यालयलाई नमुना बनाउन अभिभावको चासो, शिक्षकको मेहनत र विद्यार्थीको अनुशासन महत्वपुर्ण रहेको बताउनु भयो । वहाले विद्यालयको प्रगति प्रतिवेदन हेर्दा राम्रो पाएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले विद्यलायलाई शिक्षक दरबन्दीको व्यवस्था गरि माध्यमिक बनाउन जोड दिएका थिए ।

वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउतले वडाको सहयोगमा निजी शिक्षकका लागी तलवको व्यवस्था गरिएको,विद्यार्थीलाई झोला र दलित विद्यार्थीलाई पोशाक तथा वालविकासमा पुस्तका वितरण गरेको बताउनुभयो । अगामी दिनमा पनी वडा वाट सक्दो सहयोग रहने र मा.वि संचालनको लागी पहल भइरहेको बताउनु भयो ।


सास्कृतिक नाच गान सहित भएको कार्यक्रममा विद्यालयमा प्रथम,द्धितिय र तितृय भएका भाईवहिनीहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने बच्चालाई सरसफाई गरेर नियमित पठाउने अभिभावकलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनीधी,विभिन्न विद्यालयका प्रधान्ध्यापक,शिक्षक,वि.व्य.समितीका अध्यक्ष,समाजसेवी,बुधिजिवी,अभिभावक ,संचारकर्मी,विद्यार्थी लगाएतको बाक्लो उपस्थित रहेको थियो ।