Wednesday, July 22, 2026
Homeप्रमुख समाचारमौलिक परमपरा संक्षणगर्न जिल्लाभरीका थारु महिलाहरु गढीमा सामुहिक माघी महोत्सव मनाउने

मौलिक परमपरा संक्षणगर्न जिल्लाभरीका थारु महिलाहरु गढीमा सामुहिक माघी महोत्सव मनाउने

कालाबंजर, पुष २४ । थारु समुदायको मौलिक तथा पौराणीक संस्कार लोप हुनथालेपछि संरक्षण गर्ने उधेश्यले गढीका थारु महिलाहरु अग्रसर भएका छन् । परमपरा देखिनै थारु समुदायमा मनाउदै आएका रितिरिवाज उजागर गर्न माघेसंक्रान्तिको अवसरमा जिल्लाभरीका थारु महिलाहरु सामुहिक महोत्सव मनाउने भएका हुन् ।

नेपालीहरुको राष्ट्रिय महान पर्व तिला संक्राईत माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । तिला संक्राईतलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ ।

अहिले सबै जातजातीले यो पर्व बिधिपुर्वकनै मनाउने गरेको छ । यस पर्वमा उब्जेका नयाँ अन्न बालीबाट परिकार बनाई कुलदेवतालाई बिधिवत चढाई प्रसादको रुपमा ग्रहण गर्ने चलनरहेको छ । बिशेष सख्खर मिश्रित भुजा र तिलले बनेको लड्डु, माछा परिकार बनाउने गरिन्छ । यस माघीलाई पश्चिमका थारुहरुले नयाँ बर्षको रुपमा लिदै बार्षिक आर्थिक पार्दशिता र भावि योजना समेत बनाउने गर्छन् ।

गढी गाउपालीका कार्यालयको सहयोग, थारु महिला सभा जिल्ला सुनसरीको समन्वयमा महिला सभा गढी गाउँ कार्य समितिले पुष २६ र २७ गते तिला संक्रान्ति माघी महोत्सवको आयोजना हुने छन् । महोत्सवबाट लोपहुन लागेका संस्कृति पौराणीक नाच, गित, बिवाहमा प्रयोगहुने खरखरी, ढोल, हुक्का, चिलम, घैला, कौर प्रदर्शनिगरी महत्व दर्शाउने आयोजकले जानकारी दिए ।

स्टलहरुमा मौलिक थारु परिकार भक्का, घोंङ्गही, सिपि, बगिया, माछा, सिध्राको समेत प्रदर्शनि गर्ने तयारी पुरा भैसकेको गढी उपप्रमुख तथा थारु महिला सभा गढी गाउँ समितिकी सभापति समेत रहेकी राजकुमारी चौधरीले बिहिवार पत्रकार सम्मेलनगरी जानकारी दिएकी हुन् ।

पत्रकार सम्मेलमा सहभागी अतिथिहरुले भाषा, संस्कृति, भेष, भुषा प्रवर्दनगर्न महोत्सवको आवश्यक रहेको महत्वबारेमा जोड दिएका थिए । थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला लेखिले संस्कृति संरक्षण गर्ने उधेश्य सहित महिलाहरुमा अधिकार सम्बन्धि सचेतना हुन सक्ने अपेक्षा गरिएको बताईन् । सामुहिक पर्व मनाउनदा महिलाहरुमा नेतृत्व बिकास हुने सहभागी वडाअध्यक्षहरुले धारणा ब्यक्त गरेका छन् ।

वडा नं १ वडाअध्यक्ष संकर प्रसाद चौधरी, वडा नं। २ का वडाअध्यक्ष अरुण चौधरी, वडा ३ का टुनालाल चौधरी, वडा ४ का राम चन्द्र महत्तो, थारु युवा सभा जिल्ला अध्यक्ष टिकाराम चौधरीले राजनिति, सामाजिक रुपमा महिलाहरु नेतृत्व लिनु पर्ने धारणा ब्यक्त गरेका हुन् ।

महोत्सव आधुनिक मनोरंजन भन्दा पनि संस्कृति मुलक हुनु पर्नेमा जोड दिदै बक्ता थारु कल्याणकारिणी सभा पुर्व सचिव गवन चौधरी, सदस्य तालो चौधरी, महिला अगुवा पबित्रा चौधरी, सहकारीकर्मि आशा चौधरी, महिला सभा जिल्ला सहसचिव ममता चौधरी, गाउँ समिति सचिव सन्तोषी चौधरी, वडा सदस्य अमिन चौधरीले मन्तब्य राखेका थिए । कार्यक्रम स्थल औराबनी चौक गढी गाउँपालीका कार्यालय पुर्व छेउमा रहने आयोजकले जानकारी दिए ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular