उदयपुरमा अटो दुर्घटनामा एक जनाको मृत्यु , तिन घाइते

0
431

उदयपुर । उदयपुरमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । बुधवार वेलुका ५ वजेको समयमा मदन भन्डारी राजमार्ग अन्तगर्त त्रियुगा न.पा.१० स्थित गाईघाटबाट चुहाडे तर्फ जादै गरेको स १ ह ३८११ न.को अटो अनियन्त्रित भई दुर्घटना हुदा अटोमा सवार त्रियुगा न.पा.७ बस्ने बर्ष २० की सिमा दनुवार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

सोही वडाका बर्ष २०की मन्दिरा बस्नेतको टाउकोमा चोट लागेको अवस्था गम्भिर रहेकोले बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।सोही स्थानका वर्ष ६० की गोबिन्द कार्कि र बर्ष ३७ की मञ्जु दनुवारको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जनाएको छ । अटो चालक जिल्ला उदयपुर त्रियुगा न.पा.४ बस्ने बर्ष २८ को हेम बहादुर बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।