Tuesday, July 21, 2026
Homeप्रमुख समाचारमहिलाले नेतृत्व गरेको कृषि सहकारी गौरवम्यः प्रदेश सदस्य हिमाल कार्की

महिलाले नेतृत्व गरेको कृषि सहकारी गौरवम्यः प्रदेश सदस्य हिमाल कार्की

डि.एन चौधरी, उदयपुर । महिलाले नेतृत्व गरेको साना किसान कृषि सहकारी संस्था गौरवम्य रहेको प्रदेश १ सदस्य मा. हिमाल कार्कीले बताएका छन् । बुधवार उदयपुरको त्रि.न.पा ५ देउरीमा सम्पन्न साना किसान कृषि सहकारी संस्था ली.देउरीको १६ औँ बार्षिक साधारण सभालाई सम्वोदन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले, अहिले सहकारीको नाममा व्यवसायिक गर्ने मानसिकताले मात्र सहकारी धमाधाम खुलीरहेको वेला यस महिला नेतृत्व बोकेको संस्थाले बास्तविक कृषकको लागी समुदायमा रहेर काम गरि रहेको बताए ।

हामीले गौरवका साथ हामी कृषक हौ र हाम्रो पेशा कृषी हो भनेर शिर उठाएर भन्न सक्नु पर्ने बताए । शहर बजारमा कुकुरलाई लिएर हिड्दा आत्म समान पाउने अनी गाउँमा गाई भैसी पालन गर्दा चाहीँ हिन्ता बोध हुने हाम्रो समाजलाई संस्थाले चिरेर कृषकका हकहितका लागी लाग्नु पर्ने बताए । सस्थाले समुदायमा गरेको काम र उद्धेश्यको प्रसंसा गर्दै बन्दै गरेको संस्थाको भवनका लागी आउदो आर्थिक बर्षमा १० लाख रकम उपल्वध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।

संस्थाको लेखा समितीको बार्षिक प्रतिवेदन अनुसार २०७५ शाल श्रावण महिना देखि २०७६ असाढ सम्म जम्मा आम्दानी १ करोड ९५ लाख ११ हजार ५ सय १८ रुपैया ३९ पैसा रहेको छ भने १ करोड ७४ लाख ७६ हजार ९६ रुपैया ७९ पैसा खर्च भएको उल्लेख छ । त्यस्तै संस्थाको कुल नाफा २० लाख ३५ हजार ४ सय २१ रुपैया ६७ पैसा रहेको जनाएको छ ।

त्यस्तै कार्यक्रममा संस्थाका बृद्ध सदस्यहरुलाई दोसल्ला ओढाएर नगद रकम सहित सम्मान गरेको छ । जस्मा बर्ष ८९ का सान्ता माया कार्की,वर्ष ७५ का तिल वहादुर बस्नेत,वर्ष ७५ का चन्द्रमाया बस्नेत,वर्ष ७५ का लगनवती चौधरी,वर्ष ७५ को बिरवहादुर खत्री,घुस्कु चौधरी,लक्ष्मि घिमिरे,खड्क बहादुर बुढाथोकी,गंगामाया बुढाथोकी र स्वरुप सिहं वान्तवालाई सम्मान गरिएको थियो ।अपाङ्ग तर्फ गंगा वहादुर खड्का र ठकनी देवी चौधरी सम्मान गरिएको छ ।

त्यस्तै तरकारी खेती,गाई भैसी पालन,बख्रा पालन,बंगुर पालन,सफल उधोग, उत्कृष्ट समुह र अन्तर समुहका सदस्यकहरुलाई मुल्याङकनको आधारमा प्रथम,द्धितिय र तितृय घोषणा गरि सम्मानका साथ नगद पुरस्कार वितरण गरेको थियो । त्यस्तै विद्यार्थी पुरस्कार तर्फ मा.वी उतिर्ण सुजता भट्टराई प्रथम,आशिका कार्की द्धितिय र सृष्टिका कोइरालालाई तितृय पुरस्कार प्रदान गरिएको थियो ।

गिता कुमारी उप्रतीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रदेश सदस्य मा.हिमाल कार्की,पुर्व संविधान सभा सदस्य शान्ति देवि चौधरी,भेटनरी अस्पताल पशु सेवाका प्रतिनिधी,कृर्षि ज्ञान केन्द्र उदयपुरका प्रतिनिधी,विभिन्न सहकारी संघ संस्था,शेर सदस्य,समाजसेवी,संचारकर्मी लगाएतको उपस्थित रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular