रेडियो उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ । बेलका–५ निवासी सञ्जीव कार्कीकी १७ वर्षीया छोरी दुर्गा कार्की, शुक्रबार बिहान घर छेउमै रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
बिहान करिब ८ः३० बजे करेन्ट लागेपछि छटपटाइरहेको अवस्थामा उनलाई आफन्तहरूले तत्कालै बेलका नगर अस्पताल पु¥याएका थिए । तर, उपचारका क्रममा बिहान ९ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।
उदयपुरमा करेन्ट लागेर एक किशोरीको मृत्यु
RELATED ARTICLES


