अत्यधिक गर्मीका कारण दुई दिन विद्यालय बन्द

0
16

रेडियो उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका भित्रका सबै विद्यालयहरु गर्मीका कारण २ दिन बन्द गरिने भएको छ ।
पछिल्लो केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठन प्रभावित भएपछि त्रियुगा नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । त्रियुगा नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै जेठ २९ गतेदेखि ३० गतेसम्म नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरू बन्द रहनेछन ।
गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने जोखिमलाई ध्यानमा राखी यो निर्णय गरिएको जनाइएको छ । शाखाका अनुसार विद्यालय बन्द गरिएका दुई दिनको विदा बर्खे विदाबाट अनिवार्य कट्टा गरिनेछ ।
यद्यपि, शिक्षा, युवा तथा खेलकुद शाखाबाट यसअघि नै तय गरिएका कार्यक्रमहरू भने यथावत् सञ्चालन हुने शाखाले स्पष्ट पारेको छ ।