गुणस्तरिय सेवा प्रवाहमा ओरेक, उदयपुर

0
13

बाला कार्की,जिल्ला समंयोजक ओरेक उदयपुर, लैगिंक विभेदमा आधारित हिंसा जटिल जनस्वास्थ्य समस्या हो । यसबाट महिला तथा किशोरीहरु प्रभावित छन् । विभेदित संरचना र त्यसको आडमा महिलालाई हेर्ने दुष्टिकोण महिला तथा किशोरी माथि हुने लैगिंक हिंसाको जरो कारण हो । यस्तो अवस्थामा हिंसा प्रभावितको न्यायमा पहुँचको सहजीकरणका लागि प्रभावित केन्द्रित प्रणालीबाट सहयोग पाउनु उनीहरुको अधिकार हो । ओरेकले हिंसा प्रभावित महिला तथा किशोरीहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न २०५६ सालदेखि सुरक्षावास सेवा केन्द, कानुनी परामर्श तथाकानूनी सहयोग, मनोविमर्श सेवा जस्ता संयन्त्र स्थापना गरि सञ्चालन गरिरहेको छ ।
लैगिंक हिंसा प्रभावित बालिका÷किशोरी÷महिला माथि कुनै पनि प्रकारको हिंसा भयो र परिवार÷समाजमा बस्न सुरक्षाको दृष्टिकोणले उसलाई गाह्रो भयो वा परिवार तथा समाजमा बस्दा उसलाई न्यायप्राप्ति गर्न कठिनाई हुने भयो भने उक्त अवस्थामा प्रभावितको सर्वोत्तम हितलाई सुनिश्चित गर्नका लागि आवश्यक सम्पुर्ण सेवा प्रदान गर्ने स्थान सुरक्षा आवास हो । सुरक्षित आवास एउटा यस्तो थलो हो जहाँ प्रभावित हरुको आत्मविश्वासमा वृद्धि भई आफुलाई सशक्तभएको महशुस गर्नेछन् । २०६९ साल देखि साविकको जिल्लाविकास समिति र त्रियुगानगरपालिकाको सहयोगमा महिला सुरक्षाआवास संचालनमा आएको थियो भने हाल जिल्ला समन्वय समिति उदयपुरको निर्देशन तथा संरक्षणमा त्रियुगानगरपालिका सँगकोे सहकार्यमा सुरक्षाआवास संचालनमा रहेको छ भने उदयपुरगढि गाउँपालिकाले पनिविगत ३ बर्ष देखि आर्थिक सहयोग गरिरहेको छ ।
ओरेक उदयपुरमा जवनरी देखि मार्च महिना सम्ममा सुरक्षावासमा बसेर र बाहिर बसेर सेवालिने दुवै खाले सेवाहरु रहेको छ जसमा २५ जना हिंसामा परेका महिला तथा किशोरीहरु लैगिंक हिंसामा परि सस्थाको सम्पर्कमा आएका छन्,नयाँ १८ जना र दोहोरिएको घटना ५ जना र निरन्तर बसिरहेको घटना १ जना रहेको छ, उक्त सेवा लिन आउने क्रममा प्रभावित संग आएका आश्रित वालवालिकाको सख्या नयाँ ६ जना र निरन्तर बसिरहेको १ जना जम्मा ७ जना आश्रित वालवालिकाहरु रहेका छन् ।
यस त्रैमासिकमा घटनाको प्रकृति हेर्दा सबै भन्दा बढि घरेलु हिंसाका भटनाहरु आएको छ जसमा घरेलु हिंसामा परेका १८वटा, यौन हिंसामा परेको ३ वटाजर्वजस्ती करणीको ३ वटाको घटनाहरुआएको हो । प्रभावितको उमेर १८ बर्ष भन्दा कम उमेर समुह र २६ देखि ३५ बर्ष सम्मको सँख्या बढि रहेको छ । आरोपितको उमेर सबैभन्दा बढि २६ देखि ३५ बर्ष र १८ बर्षभन्दाकम उमेरका २ जना रहेका छन् । प्रभावितको शिक्षा ९ देखि १२ सम्म अध्यन गर्ने बढि रहेको छ, जातिगत सबै भन्दा बढि क्षेत्री ब्राहमण रहेको छ, आरोपितको सम्बन्ध सबै भन्दा बढि श्रीमान्बाट हिंसामा परेको र दोस्रोमा छिमेकिबाट र अपरिचितबाट पनि हिंसामा परेको तथ्यांक रहेको छ । सबैभन्दा बढि विवाहितका घटनाहरु आएकाथिए । अविवाहित, एकल महिलाका घटनाहरु भने न्यून रहेको छ ।
यसरी, सुरक्षावासमा बसेर तथाबाहिर बसेर कानूनी प्रकृयामा जान चाहने लैगिंक हिंसा प्रभावितलाई निःशुल्ककानूनी सेवाउपलब्ध गराउनकानूनी सहायता प्रणाली स्थापना गरेको हो । प्रभावितहरुको प्रतिनिधित्वगर्दै अदालतहरुमा गई बहस, पैरवी गर्ने, कानूनी परामर्श दिने एंव न्यायको पहुँचमा सहज गराइदिन आवस्यक पहल गर्ने गरिरहेको छ ।
बिभिन्न घटनाहरुका कारण व्यक्तिमा देखिने मनोसामाजिक समस्याहरुको समाधान गर्न व्यक्ति र मनोविमर्शकर्ता बीचहुने योजनाबद्ध कुराकानी र छलफल द्धारा प्रभावित देखि परिर्वतनका संम्बाहक बन्नका निमित्त ओरेकले मनोविमर्श सेवा निरन्तर प्रदान गरिरहेको छ ।
हिंसा प्रभावितहरुले आफुमाथि भएका हिंसाका घटनाहरुलाई बाहिर ल्याउँदा विभिन्न पक्षबाट भौतिक आक्रमण धम्की तथा मनोबैज्ञानिक त्रास खेप्नुपर्ने तथाअन्य संरक्षण,सुरक्षाका समस्या भोग्नुपर्ने कारण न्याय खोज्न हतोत्साहितहुने गरेको पाइएको छ । बलात्कार जस्ता मुद्धामा मेलमिलाप गराउन प्रयास गर्ने, गराउने गरेको पाइएको छ,यसलाई सामान्य रुपमा हेरिने गरेको पाइएको छ । जर्वजस्ती मेलमिलाप भएको घटनाहरुमा प्रभावितले आत्महत्या गर्न बाध्य भएका उदाहरणहरु प्रसस्त छन् । यस्तो अवस्थालाई ध्यानमा राखि बिशेषगरी घरेलु हिंसा प्रभावितहरुलाई दिगो जीविकोपार्जन लगायतका व्यबस्था गरिनुपर्दछ, उनीहरुको गोपनियताको अधिकारलाई बेवास्ता गरेको पाइएको छ उक्तअधिकारलाई सम्बोधन गरिनुपर्छ ।
“सर्वप्रथमत हरेक घर सुरक्षित घर” बनाउनकालागि स्थानीय सरकार, सरकारी, गैरसरकारी, समाज, परिवार सबै लागिपर्नुपर्ने आवस्यकता देखिन्छ, तीन तहको सरकारको हिंसा न्यूनीकरणका लागि भएका पहल तथा प्राथमिकताका क्षेत्रलाई विश्लेषण गर्दा रोकथामका गतिविधि हरुमा केन्द्रित कार्यक्रमहरु त्यत्ति पाइँदैन । जव सम्म महिलालाई हेर्ने विभेदकारी दुष्टिकोण रोकिदैन तव सम्म हिंसा रोकिदैन त्यसैले विभेदकारी दुष्टिकोण परिर्वतनकालागि बृतह रुपमा व्यक्ति, परिवार र समुदाय तीनै तहमा अभियान मूलक गतिविधिहरु सञ्चालन गर्न आवस्यक छ, योजनामा थियो र गरे भन्ने खालका गतिविधिहरु पनि आयोजना हुने गरेको पाइएको छ तर आवस्यकतामा केन्द्रि सबै गतिविधिहरु सम्पन्न भएको छ भन्नेखालको कामहुन जरुरी छ ।