Wednesday, July 8, 2026
Google search engine
Homeकोशी प्रदेशखुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या

खुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या

मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् । ग्रामथान गाउँपालिका वडा नम्बर ६ झोवाबनी बस्ने २१ वर्षीय सौचन खवासले धारिलो हतियार खुकुरी प्रहार गरी २० वर्षीया भाउजू सीमा राजवंशीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २२ गते राति साढे ८ बजेतिर सौचनले कपिल खवासकी श्रीमती सीमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । के कारणले आक्रमण भएको हो भन्नेबारे अहिलेसम्म प्रस्ट खुलेको छैन । सोही क्रममा बचाउ गर्न खोज्दा सोही स्थानमा बस्ने ४४ वर्षीय ठुलोबुबा नाता पर्ने शिवलाल खवास समेत घाइते भएका छन् । उनको दाहिने कुममा गहिरो चोट लागेको र उनलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी नायब निरीक्षक मोतिराज दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले हत्यामा संलग्न खवासलाई नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिएका छन् ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular