उदयपुरमा त्रियुगा नगर स्तरीय शैक्षिक सम्मेलन शुरु  

अम्विका कटुवाल, राजावस । उदयपुरमा त्रियुगा नगर स्तरीय शैक्षिक सम्मेलन सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नम्वर ९ मा रहेको अम्वेर जन्ता उच्च मावी राजावसमा आज देखी दुई दिवसय शैक्षिक सम्मेलन सुरु भएको छ । “हाम्रो त्रियुगा हाम्रो गौरब” भन्ने नाराको साथ नगर भित्रको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी कार्यक्रम संचालन गरेको नगर शिक्षा अधिकृत जसबहादुर कार्कीले बताउनुभयो । उहाले नगरपालिका भित्रको शैक्षिक अवस्थाको वारेमा जानकारी गराउनुभएको थियो ।

सामुदायिक विद्यलायहरुले गुण्स्तरीय शिक्षामा जोड दिनु पर्ने त्रियुगा नगर उपप्रमुख देबी कुमारी चौधरीले बताउनुभयो । नगरभित्रको सामुदयिक विद्यालयहरुलाई प्रविधीमैत्री वनाई गुनस्तरिय शिक्षा उप्लव्ध गराउन नगरपालिका तत्पर रहेको र जसको लागी सवै तिर वाट सल्लाह सुझावको अपेक्षा राखेको बताउनुभयो ।

नगरभित्र संचालित संस्थाहरुक तथा शैक्षिक गतिविधीहरु लाई राम्रो बनाउन उपायहरु खोजी गर्ने,घरपरिवार,समाज तथा विद्यलायमा वालवालिकाको लागी उचित संस्कार सिक्ने वातावरण तयार गर्ने,सिकाइलाई दिगो,भरपर्दो,प्रविधी तथा वालमैत्री वनाउनु पर्ने लगाएतका विषयमा छलफल भएको नगर समाजिक शाखाको संयोजक तथा वडा १६ का अध्यक्ष मान वाहादुर राईले बताउनु भयो ।

कार्यक्रमका प्रमुख बक्ता डा.बिद्दानाथ कोइरालाले स्थानिय तहमा शैक्षिक अधिकार कार्यपक्रका विषय जानकारी गराएको थियो । नगरप्रमुख वलदेव चौधरीको अध्यक्षतामा संचालन भएको कार्यत्रममा नगर कार्यपालिकाका पदाधिकारीहरु,नगर शिक्षा समितीका पदाधिकारीहरु,प्रधान्ध्यापकहरु,विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु,संघ संस्थाका प्रतिनीधिहरु,पत्रकार र विज्ञहरुको सहभागिता रहेको छ ।

भोली शनिवार सम्म संचालन हुने कार्यक्रममा प्रदेश न.१ का माननीय सामाजिक विकास मन्त्री श्री जीवन घिमिरेको समुपस्थितीमा भव्य समारोहका बीच शैक्षिक घोषणा पत्र सार्वजनिक गर्ने त्रियुगा नगरपालिका नगर शिक्षा शाखाले जनाएको छ ।