महिला सशक्तिकरणको नेतृत्वमा पुनःमन्दिरा दनुवार सर्वसहमत

उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको नेतृत्वमा पुनःमन्दिरा दनुवार सर्वसहमत चयन भएको छ । सोमबार त्रियुगा नगरपालिका ९ राजाबासस्थित ओरेक सभाहलमा भएको संस्थाको ११ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले दनुवारको नेतृत्वमा ९ कार्य समिती सर्वसहमत चयन गरेको हो ।

उपाध्यक्षमा माया भन्डारी,सचिवमा कमला खड्का,कोषाध्यक्षमा राधा आले मगर,सदस्यमा नजवुल खान निलम,पाण्डु परियार,पुनम दनुवार,जानुका कार्की र अरुणा चौधरी चयन भएका हुन् ।

“सशक्तिकरण र समानताका लागि हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा केन्द्रको गतिविधी र प्रगति प्रतिवेदन संस्थाको कार्यक्रम संयोजक अप्सरा समाल मगरले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी संविधान सभा सदस्य तथा पूर्व सहरी विकास राज्य मन्त्री मन्जु चौधरीले महिलाको सकृयता नहुने हो भने हामी अझै पनी समाजमा सामानता लियाउन सक्दैनौ । समाजमा रहेको सवै सस्कृति,रितीरिवाज राम्रै छ भन्ने छैन त्यसलाई हामीले चिरेर जानुपर्छ वहाले वताउनुभयो । मुख्य गरी केन्द्रले महिला केन्द्रित सामुदायिक रेडियो सञ्चालन गर्दै आएको छ । सामुदायिक रेडियो उदयपुर एक सय दुई थोप्लो चार मेगाहर्जको प्रशारणले महिलाको क्षेत्रमा महत्वपूर्ण सशक्तिकरणको भूमिका खेलेको उल्लेख गरिएको थियो ।

प्रदेश सांसद अम्बिका थापाले महिला सशक्तिकरणको अभियनका लागी संसद कोषबाट पचास हजार सहयोग गर्ने उद्धघोष गर्नु भयो । कार्यक्रममा प्रदेश सांसद सञ्जा दनुवार, जिल्ला समन्वय समिति उयदपुरकी उपप्रमुख गंगा राई, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगर, बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरी लगायतको उपस्थिति थियो । त्यसैगरी गैर सरकारी संस्था महासंघकी सल्लाहकार सिर्जना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, जिल्ला अध्यक्ष सुमन परियार, महिला मानवअधिकार सञ्जाल उदयपुरकी अध्यक्ष माया भण्डारी, आभास अभियानकी केन्द्रिय संयोजक नजबुल खान निलम, त्रियुगा नगरपालिका १६ नं. वडासदस्य गोमा कार्की लगायत स्थानिय महिला दिदि वहिनीको उपस्थिति रहेको थियो ।

अतिथीहरुले महिला सशक्तिकरण र रेडियो सञ्चालन प्रभावकारी रहेको जनाउदै अझ सफलताको कामना व्यक्त गरेका छन् । साथै आ आप्mनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । संस्थाले सामुदायिक रेडियो संचालन संगै एरावत संचार समुह,महिला आन्दोलित डकुमेन्ट्री निमार्ण, वाल विवहा न्युनिकारणको बिषयमा कार्यक्रम तथा अभियान संचालन गर्दै आइरहेको छ ।