Tuesday, July 21, 2026
Homeप्रमुख समाचारउदयपुरमा हुन लागेको बालविवाह प्रहरीले रोके

उदयपुरमा हुन लागेको बालविवाह प्रहरीले रोके

उदयपुर, मंसिर २५ गते ।

उदयपुरमा हुन लागेको बालविवाह प्रहरीले रोको छ । त्रियुगा नगरपालिका–७ को केटी र ५ न। वडाको केटा विच हुन लागेको बालविवाह बुधबार प्रहरीले रोकेको हो हो ।

त्रिनपा–७ निबासी रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापा र ५ न। वडाको पदमबहादुर कार्कीको छोरा २४ वर्षीय भुपध्वज कार्की विच हुन लागेको बालविवाह रोकेको प्रहरीले जनाएको छ ।

बालविवाह हुदैछ भन्ने गोप्य सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले दुवै पक्षलाई उक्त कार्यालयमा ल्याई स्थानीय निकायका जनप्रतिनिधि, बाल क्लब लगायतका उपस्थितिमा केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह हुने गरी केटा केटीलाई अविभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular