शाहिखोलाका विद्यार्थीलाई न्यानो कपडा बितरण

अम्विका कटुवाल ,शाहिखोला । उदयपुरको त्रियुगा नगरपलिका वडा न ८ का आधारभुत बिधालय शाहिखोलाका बिधार्थी हरुलाइ शुक्रबार न्यानो कपडा स्विटर बितरण गरिएको छ । पुर्ब शहरी बिकास मन्त्रि तथा प्रतिनिधि सभा सदस्य डा.नारायण खड्काले एक कार्यक्रमका विच विद्यार्थीहरुलाई स्विटर बितरण गरेका हुन् ।

कपडा बितरण कार्यक्रममा बोल्दै डा. खड्काले भविष्यका कर्णधार बालबालिकानै भएकोले उनीहरुको शिक्षामा उत्प्रेरित गर्नका लागि अभिभावकनै सकृयका साथ लाग्नु पर्ने बताए । वालवालिका लाई नियमित विद्यालय पठाउन तथा उनीहरुको स्यहार सुसारमा विशेष ध्यान दिनु पर्ने वताए । वालवालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा वावुनै हुने भएको आपना नानीहरुको लागी पढने राम्रो वातावरण मिलाउन समेत आग्रह गरे ।

भविष्यमा राष्ट्रका लागि दक्ष जनशक्ति भए आफ्नो गाउँ र समाजको विकासमा टेवा पु¥याउने भएकाले बालबालिकालाई अहिल्यै देखि शिक्षाआर्जनका लागि प्रोत्साहन गर्नु पर्ने बताए । उनले, त्रियुगा नगरपालिकाको वडा न ८ शाहिखोला सडक तथा खानेपानिको समस्या समधान गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष कमल राउत , आधारभुत बिधालय शाहिखोलाका अध्यक्ष शारद कार्की प्रध्यानध्यापक गोबिन्द कटुवाल लगाएतले सामुदायि विद्यालय संगै स्थानिय समस्याहरुको बारेमा जानकारी गराएका थिए । उनीहरुले शाहिखोलामा अझै पनि न्यूनतम आवश्यक्ताहरुबाट बञ्चित हुनु परेकाले स्थानिय विकासको लागि अझ सहयोग गर्नका लागि आग्रह समेत थिए । सिमित साधन र स्रोतका विच विद्यालय संचालन भैइहेकाले विद्यालयको विकासको लागि आग्रह गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि,राजनितिक दल,शिक्षक,अभिभावक ,शिक्षाप्रेमी,बुद्धिजिवी ,समाजसेवी लगाएत स्थानियको उपस्थिती रहेको थियो ।