हात्तीले मैनहामा घर भत्कायो

0
284

उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १ मैनहा,उज्वल राईटोलमा जंगली हात्तिले स्थानिय लक्ष्मी राइको घर भत्काएको छ । माटो र फुसले वनेको घर शनिवार विहान ४ः३० को समय जंगली हात्तिले घर भत्काउदा लगभग ४० हजार वरावरको क्षती भएको वडा अध्यक्ष मनोज कुमार चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार हात्तिले घर भित्र रहेको अन्नपात खाएको र भाडार्वतनमा क्षती पुगाएको छ । क्षती पुगेको घरमा वडा कार्यलयवाट सक्दो सहयोग गर्ने चौधरीले बताए । जंगल वाट पांचवटा जंगली दन्ते हात्तिहरु गाउ घर तिर झरेको स्थानियले बताएका छन् ।