एम्बुलेन्स दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु

0
328

उदयपुर । सुनसरीको हरीपुरमा एम्बुलेन्स दुर्घटना हुदा एम्बुलेन्स चालकसहित सात जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कोशी गाउँपालिका–७ हरिपुरमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोकिदा मृत्यु भएको हो ।

विराटनगरबाट गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आएका ना २ ख ९०८२ नम्बरको ट्रक राती करिब १२ः२० बजे ठोकिदा एम्बुलेन्सको चालक त्रियुगा नगरपालिका–९ निबासी २८ वर्षीय राजेशकुमार दनुवार र ऐम्बुलेन्समा सवार त्रिनपा–१० निबासी ३४ वर्षीय दुर्गाधन राई, ५० वर्षीय तुलाबहादुर राई, २८ वर्षीय टेकेन्द्र राई, ३२ वर्षीय दिनेस राई, ३५ वर्षीय मुकेश राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिनपा–१० निबासी ८५ वर्षीया शिवमाया राई प्रेसरको विरामीले विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि उदयपुर लिएर आउने क्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका सवै शव जिल्ला अस्पताल ईनरुको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।