Monday, July 27, 2026
Homeकोशी प्रदेशनगरस्तरीय खुला सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न

नगरस्तरीय खुला सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न

रेडियो उदयपुर – राष्ट्रिय न्वाङ्गी (नेमान) पर्वको अवसरमा आयोजना गरिएको दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव–२०८२ अन्तर्गत शुक्रबार नगरस्तरीय खुला सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता उत्सव मूल आयोजक समितिसँगको सहकार्यमा महिला सशक्तिकरण स्रोत केन्द्र (विआरसी) उदयपुरले आयोजना गरेको हो।
नगरस्तरीय खुला सांस्कृतिक नृत्य प्रतियोगितामा युवा महिला समूह, बैरेनी प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा विभिन्न टोल बिकास सस्था तथा विद्यालयस्तरका समूहहरूकोसहभागिता रहेको थियो। प्रतियोगितामा अम्बेबर जनता माध्यमिक विद्यालय दोस्रो, बैरेनी टोल विकास संस्था तेस्रो, झिल्के टोल विकास संस्था चौथो तथा असारी टोल विकास संस्था पाँचौँ स्थानमा रहन सफल भएका छन्। त्यसैगरी राजावास स्कुलटोल समूह छैटौँ स्थानमा परेको थियो। प्रतियोगितामा सहभागी समूहहरूलाई क्रमशः प्रथम हुने समूहलाई ७ हजार, दोस्रो हुनेलाई ६ हजार, तेस्रो हुनेलाई ५ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी चौथो र पाँचौँ स्थान हासिल गर्ने समूहलाई प्रोत्साहन पुरस्कारस्वरूप ३–३ हजार, छैटौँ र सातौँ स्थानमा रहने समूहलाई सहभागिता पुरस्कारस्वरूप १–१ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यक्रम संयोजक सुजता सुवेदीले जानकारी दिनुभयो। राष्ट्रिय न्वाङ्गी (नेमान) पर्वको अवसरमा आयोजना गरिएको दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव–२०८२ शनिबारसम्म विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत खाना परिकार तथा मनोरञ्जनात्मक गतिविधिसहित सञ्चालन भइरहेको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular