मिस थारु २०२१ विजेता लिभा थारु गृह जिल्ला उदयपुरमा सम्मानित 

0
345

उदयपुर । मिस थारु २०२१ को उपाधि जित्न सफल लिभा थारु गृह जिल्ला उदयपुरमा सम्मानित भएकी छिन् । आइतवार मलिथम थारु सेवा समाज उदयपुरले एक कार्यक्रमको आयोजना गरेर मिस थारु लिभालार्ई सम्मान गरेको हो । उपाधी जिते संगै थारु समुदायको मात्र नभएर उदयपुर जिल्लाकै नामलाई उच्च बनाएको प्रति धन्यवाद सहित सम्मान गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष संजय चौधरीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी र उप मेयर देवी कुमारी चौधरीले संयुक्त रुपमा खादा,अविर र सम्मान पत्रले बधाई ज्ञापन सहित प्रसंसा गर्दै सम्मान गर्नुभयो । बधाई,तथा सम्मान र होली विशेष कार्यक्रमलाई सम्वोदन गर्दै प्रमुख अतिथी चौधरीले अवको समय प्रतिस्पर्धात्क रहेको बताउनुभयो । युवाहरुको सोच,विचार र प्रयासले थारु समुदायको पहिचानलाई बलियो वनाउदै गइरहेको वताउनुभयो । तर अहिले पनी युवाहरुले थारु समुदायको मौलिक र पुरातात्विक कुराहरुलाई आत्म साथ गर्न नसकिरहेको बताउनुभयो ।

पुरानो पुस्तावाट नयाँ पुस्तामा मौलिक संस्कृति,पहिचान रहन सहनलाई अंगाल्न नसक्नु र युवा पुस्तामा रुपान्तरण हुन नसक्नु चुनौतिको विषय रहेको वताउनुभयो ।

यस्तै कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले थारु समुदायमा महिला सशक्तिकरण हुन आवश्यक रहेको बताउनुभयो । उदयपुको चेलीले मिस थारुको उपाधी जिते संगै उनी पुर्व देखी पश्चिम सम्मकै थारु समुदायको छोरीको उपाधी पाएकी उहाँले बताउनुभयो । मिस थारुको उपाधी हात पार्न सवै भन्दा वढी स्पोर्ट परिवारको रहने हुदा मिस लिभाको परिवलाई उहाँले धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा होली (फगुवा)को अवसरमा एक आपसमा शुभकामना आदान प्रदान समेत गरी मनाएका थिए ।  संस्थाको अध्यक्ष संजय चौधरीको सभा अध्यक्ष्तामा सम्पन्न कार्यक्रम संचालन संचारकर्मी डिएन चौधरीले गरेका थिए । नेपाल थारु पत्रकार संघ उदयपुरको समन्वयमा गाईघाट मोतिगडामा रहेको जे एन्ड एल फुड ल्यान्डको सभा हलमा सम्पन्न भएको थियो ।

थप समाचार

लिभा चौधरी थारुले जितिन् ‘मिस थारु २०२१’ को उपाधि

यसवर्ष तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिभाले मिस थारुको उपाधि चुमेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ’ भन्ने प्रश्नको जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पह¥याइदिइन् ।

यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् ।
त्यसैगी बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोनु चौधरी, बेस्ड डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड श्रुति गच्छारले जितिन् ।

यस्तै तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त हुजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘महिलाहरुले विभिन्न समस्या र चुनौती भोग्न बाध्य भइरहेको बेला पुरुषहरुले कस्ता समस्या र चुनौतीको सामना गर्नु परेको छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन् ।

सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारु २०१८ का विजेता रविन चौधरीले ढाका टोपी लगाइ दिए । यस्तै पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आशकुमार चौधरी सेकेण्ड रनरअप भए । रविलाई २०१८ का फस्ट रनरअप विवेक चौधरी र आशकुमारलाई २०१८ का सेकेण्ड रनरअप दिपेन चौधरी चौधरीले अवार्ड प्रदान गरे ।

त्यसैगरि बेस्ट फोटोजेनिक विजय चौधरी, बेस्ट ट्यालेन्ट प्रशान्त हुजदार, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ हरेन्द्र कुमार चौधरी, बेस्ड डिसिपिलिन कमल कुमार चौधरी, बेस्ट वाक अविनास महतो, खल्ती पब्लिक च्वाइस भागवती चौधरी र बेस्ट पर्सानालिटिको अवार्ड सिद्धान्त चौधरीले जिते ।प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गरे । उनीहरुलाई मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी, वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे । फाइनल प्रतिस्पर्धामा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।