बाल मन्दिर मा.विका विद्यार्थीलाई कपडा वितरण

0
319

उदयपुर । बाल मन्दिर माध्यमिक विद्यालय त्रियगा १० बोक्सेका विद्यार्थी भाइवहिनीहरुलाई कपडा वितरण गरिएको छ । आइतवार यु.ए.ई एडको सहयोगमा मुलधार महिला सेवा केन्द्र मासवेश उदयपुरको आयोजनामा शिशु देखी कक्षा ३ सम्मका गरिव,जेहेन्दार,दलित,मुस्लीम समुदायका वालवालिकालाई कपडा वितरण गरिएको माशवेस उदयपुरका अध्यक्ष नजवुल खानले बताउनुभयो ।

उहाँले वालमन्दिर मावीका लगभग ४२ जना विद्यार्थीलाई कपडा वितरण गरिएको बताउनुभयो । त्यस्तै उदयपुरको सिवाई,भान्टावरी,देउरी लगाएतको ठाउँको ३ सय विद्यार्थीहरुलाई कपडा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

विद्यालयका अति विपन्न,जेहेन्दार विदयार्थीहरुलाई पोशाक वितरण गरेर सहयोग गरिदएकोमा आयोजक संस्थालाई विद्यालयका प्रधानध्यापक जंगवहादुर खड्काले धन्यवाद ज्ञापन गर्नुभयो । कपडा वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी बेदप्रसाद गौतम,मासवेश उदयपुरका कोषाध्यक्ष सानु चौधरी,जेसी उदयपुर अध्यक्ष सवु थापा,आभास प्रवक्ता सरीता राई,विद्यालय व्यवस्थापन समितीका पदाअधिकारी,अभिभावक,संचारकर्मी,शिक्षक,विदयार्थीहरुको उपस्थित रहेको थियो ।