Tuesday, July 21, 2026
Homeकोशी प्रदेशलैङ्गिक समानता र समावेशीतामा काम गरेको भन्दै रेडियो उदयपुर सम्मानित

लैङ्गिक समानता र समावेशीतामा काम गरेको भन्दै रेडियो उदयपुर सम्मानित

रेडियो उदयपुर, कात्तिक  २८ गते शनिबार ।  नेपाल पत्रकार महासंघको (लैगिक समानता र सामाजिक समावेशिता पुरस्कार १०८१ GESI Champion Media) सामुदायिक रेडियो उदयपुर १०२.४ मेगाहर्जलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति, काठमाडौँले लैङ्गिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको मूल्यांकन गर्दै रेडियो उदयपुरलाई यो सम्मान प्रदान गरेको हो। रेडियो उदयपुरले विशेषगरी महिला सहभागिता, समुदायमा सकारात्मक परिवर्तन, लैङ्गिक तथा सामाजिक समावेशीकरण, महिला शिक्षा, महिलामाथि हिंसा, गुणस्तरीय सेवा प्रवद्र्धन, पत्रकार सुरक्षाजस्ता मुद्दामा निरन्तर कार्यक्रम र सुचना मार्फत प्रभावकारी भूमिका खेल्दै आएको छ । यसैगरी, रेडियोले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायका आवाजलाई प्राथमिकता दिंदै सामाजिक न्याय र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान दिएकोे छ। संस्थागत रूपमा सञ्चालित समावेशी कार्यक्रम, GESI–मैत्री कार्यशैली र समुदायमा परिवर्तन ल्याउने अभियानका कारण रेडियो उदयपुरलाई उच्च मूल्याङ्कन गरिएको हो। उक्त सम्मान नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रदान गर्नु भएको हो ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular