वडा अध्यक्ष कप बेल्टार एकता क्लबलाई

0
317

उत्तरवारीटोल,राजावास,उदयपुर । वडा अध्यक्ष कप बेल्टार एकता क्लबको हातमा परेको छ । त्रियुगा नगरपालिका वडा नम्वर ८ मा भएको फाइनल खेलमा बगहा फुटवल क्लव लाई ० को विरुद्ध २ गोलको अन्तरले बेल्टार एकता क्लब विजयी भएको हो ।

बेल्टार क्लवको तर्फ वाट जर्सी नम्वर १० का विवेक परियारले खेलको ४७ औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछी खेलको ५८ औँ मिनेटमा सोहि समुह वाट जर्सी नम्वर १२ को सागर राईले थप १ गोल गरी जित सुनिश्चित गरेका थिए । यता खेलको अन्तिम सम्म प्रयासरत रहेको बगहा फुटवल क्लव वाट कुनै गोल हुन सकेन् ।

खेलको विजेताले नगद २५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् भने उप विजेताले नगद १५ हजारमा चित्त बुझाएका छन् ।

खेलको म्यान अफ द म्याच बगहा फुटवल क्लवका नरेश राई घोषित भए। त्यस्तै गोल रक्षकको उपाधी बेल्टारका शक्ति राई हात पारे भने सोहि समुहका उत्कृष्ट बल रक्षक र खेलाडीको उपाधी क्रमशःकिरण राई र सागर राइले प्राप्त गरे ।सर्वाधिक गोलकर्ता सुविन राई भएका थिए ।
हातेमालो प्रगति समाज त्रियुगा नगरपालिका ८ को आयोजनामा फाल्गुन ३ गते वाट उत्तरवारीटोल,देउरीको खेल मैदानमा फुटवल प्रतियोगिता सुरु भएको थियो । फाइनल खेलमा प्रमुख अतिथीका रुपमा त्रियुगा नगरपालिका उपप्रमुख देवी कुमारी चौधरी,विशेष अतिथी त्रियुगा ८ का वडा अध्यक्ष कमल कुमार राउत ,वडा ४ का अध्यक्ष सुवास निरौला,जनप्रतिनीधीहरु,समाजसेवी,स्थानिय बृद्धिजिवी, प्रहरी, खेल प्रेमीलगाएतको उपस्थिीती रहेको थियो ।