विद्यालयमा बालविवाहको समस्या बढ्दो, न्युनिकरणको लागि समुदाय अग्रसर हुनु पर्नेमा जोड 

0
340

कोप्चे,रौतामाई,उदयपुर । बालबिबाहको समस्या स्थानीय सरकार, विद्यालय र संघसंस्थाको मात्र नभई समुदायकै समस्या भएको र यसको न्युनिकरणको लागि समुदाय नै अग्रसर हुनु पर्नेमा रौतामाई गाउपालीका वडानम्बर ७ का महिला सदस्य फुलकुमारी आले मगरले जोड दिनु भएको छ । उहाँले बालविवाह न्युुनिकरण गरि बालविवाह निषेधित वडा घोषणा गर्न सवैलाई एक्यबद्धता जनाउन आग्रह गर्नु भएको छ ।

महिला सशक्तिकरण श्रोत केन्द्रको आयोजना, आधारभुत विद्यालय कोप्चे,रौतामाई गाउपालीकाको वडानम्बर ८ र जिल्ला प्रहरी कार्यलयको संयुक्त सहकार्यमा आयोजना गरिएको बालविवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ते बताउनु भएको हो ।

मगरले रौतमाई गाउपालीकामा भईरहेको बालविवाहको समस्यालाई मध्यनजर गर्दै विपन्न आदिवासी जनजातीको बाहुल्यता भएको क्षेत्रमा बालबिबाह न्युनकरणको कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यबाद व्यक्त गर्न भएको थियो ।

मंगलवार उदयपुरको रौतमाई गाउपालीका वडानम्बर ८ स्थित श्री आधारभुत विद्यालय कोप्चेमा, भईरहेको बालविवाहको समस्यालाई मध्यनजर गर्दै महिला सशक्तिकरण श्रँेतकेन्द्रले बालविवाह न्युनिकरणको लागि सरस्वती पुजाको अवसर पारेर अनुशिक्षण तथा अन्र्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।उक्त कार्यक्रममा बोल्नु हुदै रौता हितकेन्द्र, उदयपुरका अध्यक्ष गिता केसीले बालविवाह गरेकै कारण पाठेघर खसेर अझै पनि महिलाहरुले दुःख पाईरहेको बताउनु भएको छ ।

 

 

उदयपुरको रौतामाई गाउपालीका वडा नम्बर ८ का महिलाको अहिले पनि पाठेघर खसेका कारण रिंगपेसरी लगाउन स्वास्थ्य केन्द्र आउने गरेको वहाले बताउनु भएको छ । बालबिबाहका कारण सानैमा गर्भ रहने र बच्चा जन्माउन नसक्दा पाठेघर खस्ने समस्या बढेर जाने भएको विद्यालयमा शिक्षकहरुले खुलेर विद्यार्थीहरुलाई शिक्षा दिन र सचेत गराउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षँक बेद प्रसाद गौतमले सहभागि विद्यार्थी, अभिभावक र स्थानीयलाई, उदयपुर जिल्लामा भईरहेको बालबिबाहको अवस्था, यसबाट हुने समस्या र बालविवाह सम्वन्धि कानुनी व्यवस्थाको विषयमा सहजीकरण गर्नु भएको थियो ।

यसैगरि कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष माया भण्डारी, सस्थाका कार्यक्रम निर्देशक बन्दना दनुवार, विद्यालयका प्रध्यानाध्यापक बेद बहादुर सुवेदी, प्रहरी हवल्दार हिमा बराल, प्रहरी जवान अम्बिका कार्की लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानीयबासी, विद्यालय व्यवस्थापन समिती, अभिभावक विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।