Saturday, August 8, 2026
Homeप्रमुख समाचारजेष्ठ नागरिकको सम्मानमा रेडियो उपहार

जेष्ठ नागरिकको सम्मानमा रेडियो उपहार

उदयपुर । त्रियुगा नगरपालिका वडा नम्वर १० ले जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप रेडियो उपहार दिएको छ । वडा कार्यलयले शुक्रबार बार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी वडा भित्रका २ सय ३९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । प्रतेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएका वडाले यस बर्ष अलिक फरक कार्यक्रम संचालन गरेको छ ।

                                                                 तस्विरः विमल घर्ती भुजेल

समाजिक सुरक्षा भत्ता खाइ पाइरहेको जेष्ठ नागरिकहरुलाई सुचनाको क्षेत्रमा पहुच पुगाई समसमायिक विषयमा जानकारी प्राप्त हुने हेतुले रेडियो अर्थात संचार समाग्री प्रदान गरिएको वडा अध्यक्ष प्रकाश कुमार खड्काले बताउनुभयो । यस्तै कार्यक्रममा युवा प्रतिभाहरुलाई पनी पुरस्कृत गरिएको थियो ।

त्रियुगा नगर गानका रचनाकार खिला घिमिरेलाई पनि कदर पत्र सहित सम्मान गरिएको थियो भने टोल विकास संस्था संघै समाजिक संघ संस्थाहरुलाई समेत प्रसंसा पत्र सहित सम्मान गरिएको थियो ।

बार्षिक समिक्षा कार्यक्रम संगै वडाले पानस उदयपुरको सहजीकरणमा वडाको आर्थिक बर्ष २०७६ र०७७ को सार्वजनकि सुनुवाई समेत आयोजना गरेको थिए ।

त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमा उपप्रमुख देवकुमारी चौधरी, जिल्ला समन्वय समिति उदयपुरका उप प्रमुख गंगा राई,विभिन्न संघ संस्थाका प्रतिनिधी,टोल विकास संस्थाका प्रतिनिधी ,संचारकर्मी लगाएतको उपस्थित रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular