समुदाय प्रति थारु युवाको चासो  

0
437

डिएन खोहरिया थारु,उदयपुर । थारु युवाहरु समुदाय प्रति चिन्ता र चासो व्यक्त गरेका छन् । उदयपुरका थारु युवाहरु आफनो समुदाय प्रति सवै जना आ– आफनो ठाउँ बाट चिन्तन बहस गर्न जरुरी रहेको बताएका छन् ।

खोज, परिवर्तन, उत्थान, मलिथम, थारु समाजको मूल अभियान भन्ने नाराका साथ आइतवार नेपाल थारु पत्रकार संघ उदयपुर र नव गठित संस्था मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा त्रियुगाका थारु जनप्रतिनिधी र था.क.स संग, समुदायको अवस्था विषयक चिन्तन बहस कार्यक्रममा यस्तो बताएका हुन ।

यतीवेला समुदायमा धेरै युवाहरु कुलतमा फसेको लागुपदार्थ दुव्र्यसनीको प्रयोग बढेकोले गाउँ टोल– टोलमा सचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

थारु समुदयको भाषा धर्म संस्कृति र पौराणिक रितिरिवाज लोप हुदै गएकोले संरक्षण गर्न जोड दिनु पर्ने थारु कल्याणकारी सभा उदयपुरका सभापति शिवकान्त चौधरीले बताउनुभयो । उहाँले थारु भाषा जसरी बोल्नु पर्ने अहिलेको युवा पुस्तामा त्यो नपाएको नेपाली मिश्रण गरेर बोल्ने चलन आइसकेको बताउनुभयो । समाजमा जनचेतना अभृबिृद्धि संगै भाषा,संस्कृति सम्वन्धि पनी ज्ञान दिनु पर्ने बताउनुभयो ।

कार्यक्रमले थारु किन पछि पर्दैछ, थारु समुदायमा देखिएको विकृति, विसंगती लगायत शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थाको बारेमा अन्तरक्रिया भएको थियो । यस्तै थारु समुदाय राजनीतिमा किन पछाडी परेको विषयमा समेत चर्चा भएको थियो । थारु युवाहरु लागूऔषधमा फस्नुको कारणले थारुहरु दिनानु दिन पछि पर्दै गएको विषयमा पनि बहस भएको थियो ।

थारु युवा युवतीहरुले आफ्नो शिप कलालाई लोक लज्जाको कारणले बाहिर ल्याउन नसकेको, थारुको कला संस्कृतिमा किन बढी अरु समुदायको प्रहार लगायतको विषयमा पनि चर्चा भएको थियो ।

कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष मनोज चौधरी, वडा नं. ३ का वडासदस्य भगवानी दास चौधरी, वडा नं. ६ का वडाध्यक्ष निर्मल कुमार चौधरी र वडा नं. १३ का वडाध्यक्ष पशुपति चौधरीको सहभागीता रहनुको साथै थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष शिवकान्त चौधरी, नगर सभापति बेचुदास चौधरी, थारु सभाका जिल्ला अध्यक्ष दुलीराम चौधरी, नेपाल थारु पत्रकार संघका जिल्ला अध्यक्ष सुखिलाल चौधरी, पूर्व उपमेयर तथा समाजसेवी रामवती चौधरी लगायतले बोलेका थिए ।

अजय चौधरीले अध्यक्ष्तामा समपन्न कार्यक्रममा उँहाले यस्तै कार्यक्रम द्रोश्रो चरणको चौडण्ढीगढी नगरपालिका र वेलका नगपालिकामा गर्ने बताउनुभयो । उहाँले केहि थारु युवा सकृय भएर आफैले पैशा संकलन गरेर कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । कार्यक्रममा  महिला पुरुष गरि २० जना युवाहरुको सहभागिता रहेको थियो ।

था.क.स भवन बगहाको सभाहलमा संचालन भएको बहसमा संजय चौधरीले कार्यक्रम माथी प्रकाश पारेका थिए भने भगवानी चौधरी –भिभास)ले संस्थाको उद्धेश्य वारे प्रष्ट पारेका थिए ।