कोरोना आशंका गरिएको मृतक युवकको पिसिआर रिर्पोट नेगेटिभ

उदयपुर । कोरोना आशंका गरिएको मृतक युवकको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर ९ का बर्ष २०को दिपेश दनुवारको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।

मृतक दनुवार संगै उनको परिवार र सम्पर्कमा रहेका सवै व्यक्तिहरुको पिसिआर रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थय कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।उहाका अनुसार मृतक भएका युवकमा ज्वरो,रुघाखोकी,ढाड दुख्ने र स्वासप्रस्वासमा समस्या जस्ता लक्षण देखिएको थियो । त्यस्तै यस्तै प्रकृतिको लक्षण देखिएर गएको हप्ता सोहि गाउँकै वर्ष ३१ को शम्भु दनुवारको पनी मृत्यु भएको थियो । उनको परिवारको सदस्यको पनी कोरोना रिर्पोट नेगेटिभ रहेको प्रमुख सुवेदीले बताउनुभयो ।

यसरी हप्ता दिन भित्रै एउटै गाउँ र वडामा एकै किसिमको लक्षण देखिएर मृत्यु हुन थाले पछी स्थानिय त्रसित भएका छन् । स्थानियले कोरोना नभएर अरुनै कुनै अज्ञात रोग हो की के हो ? सम्वन्धित निकायको यो विषयमा गम्भिर ध्यान जानु पर्ने र सवैको स्वास्थय परिक्षण गरिनु पर्ने माग गरेका छन् ।

radioudayapur

ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर