प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेद्धरा संक्रमित क्षेत्र अनुगमन 

0
276

उदयपुर । कोरोना भाइरस (कोभिड(१९) संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन् ।

आज बिहान नेपाली सेनाको पूर्वीपृतनापति सहित संक्रमित क्षेत्र आइपुगेका मन्त्री घिमिरेले संक्रमण पछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्या लगायतका विषयमा सरोकारवालासँग छलफल गरेका छन् । छलफलका क्रममा वहाले भारत र अन्य देशबाट आएकाबाट संक्रमण फैलिएको पुष्टि भएको बताउनु भएको छ । कोरोना प्रभावित उदयपुर जिल्लामा स्वास्थ्य सामाग्री र जनसशिक्त अभाव भएको छ । यो समस्यालाई गम्भिर रुपमा हेरी प्रयाप्त रुपमा सामाग्री आउछ होला नी? भन्ने पत्रकारको प्रश्नमा वहाले प्रयाप्त हैन न्युनतम आवश्यक सामाग्री मात्र आउने बताउनु भएको छ ।
वहाले उदयपुरमा रहेका जिल्लाा अस्पताललाई कोरोना अस्पतालको रुपमा विकास गर्ने र अस्पताल सुधारका लागि १ करोड विनियोजन समेत भईसकेको बताउनु भएको छ ।

वहाले जिल्लाका विभिन्न ठाउँका ४ सय ५ जनामा गरिएको स्वाब परीक्षण मध्ये २८ जनामो कोरोना पुष्टि भएको जानकारी दिनु भएको छ । संक्रमित क्षेत्रका जनप्रतिनिधि त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले संक्रमित क्षेत्रमा आउजाउँ भएका २ सय ५ जनाको स्वाव र २ हजार १ सय जनाको र्यापिड परीक्षण तत्काल गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।
छलफलमा प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार लगाएत उपस्थित रहेका थिए ।