उदयपुरको सिवाईमा ५८ जनाको स्वाव नमुना संकलन

0
299

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्वर ५ सिवाईमा आज ५ महिलासहित ५८ जनाको स्वाप नमुना संकलन भएको छ । त्रियुगा नगरपालिका ३ भुल्केमा रहेका भारतीय मुस्लिमहरुमा संक्रमण पुष्टि भएपछी उक्त ठाउँको मस्जिदमा पनि बसेकाले त्यहाका स्थानियको स्वाव संकलन गरिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित खटिएको प्रदेश स्वास्थ्यकर्मीटोलीले चौदण्डीनगरपालिको वडा नं. ५ सिवाईमा स्वाव नुमना संकलन गरेको हो ।

मुस्लिम समुदायको सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको पनी स्वाव संकलन गरिएको मेयर खगेन्द्र राईले बताउनुभो । वडा नं. ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको हो । चिया पसल, किराना पसल र अन्य व्यवहारिक हिसावले उनीहरुसंग सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको पनि स्वाव संकलन गरिएको हो ।

त्यस्तै 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमित क्षेत्र उदयपुरको भुल्केको अनुगमन गर्नुभएको छ ।

उदयपुरको सिवाईमा स्वाप संकलनको सिलसिलामा आएका मन्त्री घिमिरे भुल्केसमेत आएर त्यहाँको अवस्था् बुझेका हुन् । मन्त्री घिमिरेले प्रदेश १ मै पहिलो घटनाको रुपमा भुल्केमा संक्रमित भेटिएकाले सरकारको यहाँ सरकारका विशेष ध्यान केन्द्रित रहेको बताउनुभयो । नियन्त्रणका प्रभावकारी कदमहरु चालिने उहाँले बताउनुभयो । उहाँले परिक्षणको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउने र १ नम्बर प्रदेशमै विशेष किसिमको कोरोना अस्पताल निर्माणमा सरकार लागेको बताउनुभयो  ।