चिसोका कारण त्रियुगा नगरपालिकाभित्र तीन दिन विद्यालय बन्द

0
18

रेडियो उदयपुर,पुस १६ । केही दिनदेखि अत्यधिक चिसो बढ्दै गएपछि त्रियुगा नगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ । त्रियुगा नगरपालिका शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार अत्यधिक चिसोका कारण जनजीवन प्रभावित हुँदै गएकाले पुस १६, १७ र १८ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरिएको हो। चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले जानकारी दिनुभयो। उहाँले सबै सम्बन्धित विद्यालयहरूलाई सूचनाअनुसार कक्षा स्थगन गरी आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। केही दिनदेखि अत्यधिक चिसो र तराईका भू–भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ। लगातारको हुस्सुका कारण घाम नलाग्दा चिसो बढेको र त्यसले जनजीवन प्रभावित बनाइरहेको छ।