Tuesday, July 21, 2026
Homeकोशी प्रदेश४ दिने अपाङ्गता परिचय–पत्र वितरण शिविर सम्पन्न

४ दिने अपाङ्गता परिचय–पत्र वितरण शिविर सम्पन्न

रेडियो उदयपुर, पुस १५ । चौदण्डीगढी नगरपालिकाले यस आर्थिक वर्षमा संचालन गरेको अपांगता परिचय–पत्र विवरण शिविरमा ४५ जनाले अपांङ्गता परिचय–पत्र पाप्त गरेका छन् । चौदण्डीगढी नगरपालिकाको वडा नम्वर १, ४,८ र ९ मा संचालन भएको शिविरमा २१ जना महिला,२४ जना पुरुषले परिचय–पत्र प्राप्त गरेकाछन । जसमध्ये १० जना बालबालिका रहेका छन । उनीहरुमध्ये ३ जनाले रातो,१४ जनाले निलो,७ जनाले पहेलो र २१ जनाले सेतो कार्ड प्राप्त गरेका छन । १ नम्वर वडामा भएको शिविरमा १० जना,२ नम्वर वडामा २ जना,३ नम्वर वडामा २ जना, ४ नम्वर वडामा ५ जना, ५ नम्वर वडामा २ जना, ७ नम्वर वडामा २ जना, ८ नम्वर वडामा १० जना, ९ नम्वर वडामा ८ जना र १० नम्वर वडामा ४ जनाले नयाँ अपांगता परिचय–पत्र प्राप्त गरेका छन । भने ५५ जनाको कार्ड खिचि नयाँ बितरण गरिएको छ । यसैगरी ३ जनाको अवस्थाअनुसार अपांङ्गता परिचय–पत्र परिवर्तन गरी वितरण गरिएको छ । २०८२ पुष ११ गतेदेखी १४ गतेसम्म संचालन भएको शिविरमा २ सय ५३ जनाले स्वास्थ्य उपचार प्राप्त गरेका छन साथै उनीहरुको आवश्यकता अनुसारको सहायता सामाग्री र थप उपचारको पहिचान गरिएको छ । शिविरमा मेडिकल अफिसर डा अजय खड्का, फिजियोथेरापिष्ट प्रियंका तामाङ्ग, वरिष्ट नेत्र सहायकदिपक कुमार सिंह कुसवाहा, वरिष्ट कान सहायक सञ्जय कुमार कर्ण, चौदण्डी अपांगता सेवा संस्थाका पदाधिकारी लगाएत चौदण्डीगढी नगरपालिकाको कर्मचारीहरुको संयुक्त टोलीले शिविर सफलता पुर्वक सम्पन्न गरेको बताइएको छ । कोशी प्रदेश सरकार र करूणा फाउण्डेसन नेपालको त्रीपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्रविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, परिचयपत्रवितरण तथा आवश्यकता पहिचानशिविर संचालन गरिएको हो ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular