रेडियो उदयपुर,६ जेष्ठ २०८२ । समुदायतहबाट किशोरीहरुको नेतृत्व बिकास गर्दै उनीहरुको सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले त्रियुगा नगरपालिकाका चार वडामा वडा स्तरीय युवा महिला सञ्जाल गठन गरिएको छ । वडा र बिद्यालयको समन्वय र महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरकोे आयोजनामा वडाहरू ३, ७, ८ र ९ नम्बरमा सञ्जाल गठन गरिएको हो ।
शक्ति युवा महिला सञ्जाल वडा नम्बर ७
वडा नम्बर ३ मा सिवानी हमाल ठकुरीको अध्यक्षतामा सिर्जनशील युवा महिला सञ्जाल,वडा नम्बर ७ मा लिला बसेलको अध्यक्षतामा शक्ति युवा महिला सञ्जाल, वडा नम्बर ८ मा नविना सुयालको अध्यक्षतामा शान्ती युवा महिला सञ्जाल, र वडा नम्बर ९ मा सौरभी दनुवारको अध्यक्षतामा समृद्धि युवा महिला सञ्जाल गरी त्रियुगा नगरपालिकामा जम्मा चार वटा युवा महिला सन्जाल गठन गरिएको छ। समृद्धि युवा महिला सञ्जाल वडा नम्बर ९
महिला सशक्तीकरण स्रोत केन्द्रका कार्यक्रम संयोजक सुजाता सुबेदीका अनुसार सञ्जाल गठन पश्चात आबद्ध युवा महिलाहरुको लागि विभिन्न तालिम, गोष्ठि, अभिमुखीकरणहरु सन्चालन गर्दै उनिहरुलाई नेतृत्व गर्न सक्ने गरि तयार गर्ने र युवा महिला द्धारा समाजमा भएको हानिकारक परम्परागत अभ्यास बिरुद्ध खबरदारि गर्ने साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुचना प्रबाह गर्दै उमेर नपुगि गरिने बिबाह बिरुद्ध अभियान सन्चालन गरिने छ । सिर्जनशील युवा महिला सञ्जाल वडा नम्बर ३
यस सस्थाले बिगत लामो समय देखि जिल्लाको ८ वटै पालिकामा युवा महिला सन्जाल गठन गरि युवा महिलाहरुको क्षमता,नेतृत्व बिकास सगै बिभिन्न तालिम ,गोष्ठि तथा अभिमुखीकरण साथै सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ ।
शान्ती युवा महिला सञ्जाल वडा नम्बर ८