Wednesday, July 22, 2026
Homeसमाचारस्वस्थ विद्यार्थी, समृद्ध भविष्यः ककनी मोडेल स्कुलमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

स्वस्थ विद्यार्थी, समृद्ध भविष्यः ककनी मोडेल स्कुलमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

रेडियो उदयपुर – “स्वास्थ्य नै धन हो, स्वस्थ रहौं स्वस्थ बनाऔं” भन्ने नारालाई आत्मसात् गर्दै ककनी मोडेल स्कुल, राजावासले विद्यालयमै पोषण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार विद्यालयको आयोजनामा र होमो हेल्थ प्रा.लि., काठमाडौंको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई पौष्टिक आहार तयार गर्ने तरिका, खाने अभ्यास र स्वस्थ जीवनशैलीबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको हो। कार्यक्रमले बालबालिकाको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास विद्यालयले लिएको छ।
ककनी मोडेल स्कुलका प्रधानाध्यापक केदार दनुवारका अनुसार, “स्वस्थ शरीरले पढाइमा समेत पूर्ण सहयोग पुर्‍याउने भएकाले यस्ता कार्यक्रमलाई नियमितरूपमा सञ्चालन गर्दै जाने योजना रहेको” बताउनुभयो। स्वास्थ्यप्रति विद्यार्थी र अभिभावकलाई थप सजग बनाउने उद्देश्यसहित विद्यालयले त्रैमासिक रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी समेत गरेको छ।

होमो हेल्थको प्राविधिक सहकार्यमा हुने उक्त शिविरमा दन्त, मुटु, आँखाको परीक्षण, रक्त समूह पहिचान तथा मानसिक स्वास्थ्यसम्बन्धी परिक्षणहरू समावेश गरिनेछ। यस किसिमको कार्यक्रमले बालबालिकालाई संभावित स्वास्थ्य जोखिमबाट जोगाउन मद्दत गर्ने विद्यालय पक्षको विश्वास रहेको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular