महिला हिंसा विरुद्धको अभियानमा आर्ट मेला 

0
11

उदयपुर । ३३औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आर्ट मेलाको आयोजना गरिएको छ

। बुधवार ओरेक उदयपुरमा १० वटा विधालयका विधार्थीहरुले समाजमा घटिरहेको घटना,महिलावादी,महिला नेतृत्व,महिलाको यौन तथा प्रजनन् स्वास्थ्य र महिला हिंसा विरुद्ध चित्र मार्फत प्रर्दशन गरेका थिए ।

“महिला मानवअधिकार रक्षकको पहिचानः महिला हिंसा विरुद्धको अभियान” नारा संगै गैसस महा संघ,महिला मानव अधिकार रक्षक संजाल,ओरेक आधार,तरगिनि फाण्डेसन,महिला सशक्तिकरण स्रोत केन्द्र,नेस्पेक लगाएत सामाजिक संघ संस्थाहरुको संयुक्त आयोजना रहेको थियो ।

विधार्थीहरुले तयार गरेको उक्त चित्रहरु १६ दिने अभियान अन्तर्गतको कार्यक्रमहरुमा प्रदर्शनीमा राखिने जनाएको छ ।