उदयपुर । महिला पुनस्र्थापना केन्द्र(ओरेक)को केन्द्रिय कार्यसमिती अध्यक्षमा सस्थाको निवर्तमान सचिव सविता पोखरेल सर्वसहमत चयन हुनुभएको छ ।
शनिवार अल्फा हाउस नयाँ बानेश्वरमा सम्पन्न ३२ औँ साधारण सभा र १६ औँ अधिवेशनले ११ कार्यसमिती सहित पोखरेललाई सर्वसहमत ओरेकको नेतृत्वमा चयन गरेको हो ।
यस्तै उपाअध्यक्षमा सुनिता दनुवार,सचिव संगिता अधिकारी,कोषाअध्यक्ष इन्द्र बती नेङबाङ,सदस्यहरु क्रमशःसरोज गुरुङ,रीता कुमारी शाह,किरण कुमारी शाह,रिक्मा बिश्वकर्मा,निर्मला धिताल,सरिता खड्का,अम्विका रुपाखेती चयन भएका हुन। निर्वाचित कार्यसमिति पदाअधिकारीको पदावधि दुई बर्षको कार्यकाल हुनेछ ।
महिला अधिकार स्थापनाका लागि आन्दोलन संस्थाको अगामी कार्यनीतिः
महिला पुनस्र्थापना केन्द्र(ओरेक)ले आगामी कार्यनीति महिला अधिकार स्थापनाको लागि आन्दोलनलाई अगाडी सारेको छ । शनिवार शनिवार अल्फा हाउस नयाँ बानेश्वरमा सम्पन्न ३२ औँ साधारण सभा र १६ औँ अधिवेशनमा आफना आगामी कार्यक्रमहरु प्रस्तुत गर्दै महिला अधिकार स्थापनाको लागि आन्दोलनलाई मुख्य योजनाको रुपमा तयारी भइरहेको जनाएका थिए ।
संस्थाको सस्थापक अध्यक्ष डा.रेणु अधिकारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष माननिय श्री तप बहादुर मगरको प्रमुख अतिथ्यता रहेको थियो । यस्तै राष्ट्रिय समावेशी आयोगका सदस्य बिष्णुमाया ओझा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विशवकर्मा,समाज कल्याण परिषद्का प्रतिनिधी,प्रहरी प्रधान कार्यलयका प्रहरी नायव उपरिक्षक रुपा थापा, राष्ट्रिय योजना आयोगका प्रतिनिधी,काठमाण्डौ महानगरपालिका,ललितपुर महानगरपालिकाका प्रतिनिधिहरुको उपस्थ्तिी रहेको थियो । साथै कार्यक्रममा कार्यसमितीका पदाधिकारी,सस्थाका संस्थापक ,सदस्यहरु,सल्लाहकारहरु लगाएत,साधारण सदस्यहरु,पत्रकार,तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
संस्थाको साधारण सभा तथा अधिवेशनलाई संस्थाका संस्थापक अध्यक्ष डा रेणु अधिकारीद्धरा औचारिक सम्वोधन गर्दै संस्था स्थापनाको पृष्ठभुमि,हालसम्मको संघर्ष र संस्थाले अझ गर्नु पर्ने अभियानका बारेमा प्रस्ट पार्नभएको थियो ।
यस्तै संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै सचिव सविता पोखरेलले मानव अधिकारको विश्वव्यापी घोषणपत्र जारी भएको ७५ वर्षको अवसरमा संस्था समुदाय तहदेखि नै मानव अधिकार सुनिश्चीत गर्ने वातावरण बनाउन राज्यलाई जिम्मेवार बनाउने अभियानमा रहने बताउनुभयो ।
त्यसैगरि सरकारद्धरा प्रतिवद्धता जनाएका दिगो बिकाश लक्ष्यको कार्यन्वयन,सवैका लागि स्वास्थ्य( Universal Coverage On Health) र समुदाय तहदेखि सवै ठाउँमा तथा विपद व्यवस्थापनमा महिला नेतृत्वका लागि संस्थाको अभियान केन्द्रित रहने संस्थाको कार्यदिशा रहेको जनाउनुभयो ।
संस्थाको अगामि योजनामा महिलाको श्रम शरिर र पहिचानको अधिकार सुनिश्चिताको सवालमा अभियानमुलक गतिविधिहरु गर्ने,रुपान्तरित नेतृत्वका लागि युवा महिला तथा अगुवा महिलाहरुको भेला तथा बहसका कार्यक्रमहरु संचालन गर्ने,सरकार संगको साझेदारी र सहकार्य,महिलाको आर्थिक तथा राजनीतिक सशक्तिकरणका लागि पैरवी,महिला तथा किशोरीहरुको यौन तथा प्रजनन् अधिकारका सवालमा अभियान संचालन ,पर्यावरणीय न्याय र महिलाको नेतृत्वको सवालमा पैरवी गर्ने लगाएतका कार्यक्रममा केन्द्रित रहेने बताउनु भयो ।