कटारी,उदयपुर । आत्मनिर्भर आमा समुह कटारी ४ तित्रिबोटका आमाहरु आफना छोराछोरीलाई सानै उमेरमा बिवाह नगराउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रवार महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना र युवा महिला संजाल कटारीको नेतृत्वमा सम्पन्न १६ दिने लैंगिक हिंसा बिरुद्धको आभियानको कार्यक्रममा आफुहरु आफना छोराछोरीको उमेर नपुगि बिवाह नगर्ने प्रतिबद्ध गरेका छन् । उनीहरुले आफना छोरा छारी २० बर्ष उमेर पुरा गरी मात्र नहुने आर्थिक,सामाजिक र मानसिक र शैक्षिक रुपमा परिपक्क पुगे पछी मात्र बिवाहको प्रस्ताव अगाडी बढाउने बताएका छन् ।
३२ औँ अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान अन्तरर्गत “लैंगिक हिंसा बिरुद्धको अन्त्यको सुनिश्चितताःमहिला बालवालिकामा लगानीको ऐक्यवद्धता” नारा संगै कटारी नगरपालिका वडा नम्वर ४ माथिल्लो तित्रिबोटका समुदाय संग यौन तथा प्रजनन् स्वास्थ्य र उमेर नपुगि गरिने बिवाहको न्युनिकरणको बिषयमा छलफल गरिएको हो ।
छलफलमा उनिहरुले पछिल्लो समय समाजिक संजालको गलत प्रयोगले बालविवाह बढी हुने गरेको बताएका थिए । समाजिक संजालको विषयमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिदिन स्थानिय सरकारलाई आग्रह समेत गरेका छन् । यस्तै उनीहरुले बहु विवाहका घटनाहरु पनी आफनो ठाउँमा एक्दमै बढ्दो रहेकोले यसको न्युनिकरणमा पनी ध्यान दिनु पर्ने जनाएका थिए ।
कार्यक्रममा कटारी वडा नम्वर ४ का वडा सदस्य चन्द्र माया खड्का,वडा सदस्य लक्ष्मि थापा मगर,स्थानिय किशोरकिशोरी र आमाहरुको सहभागिता रहेको थियो । ३२ औँ अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले जिल्लाको ८ वटै पालिकामा एकै साथ प्रत्यक्ष समुदाय संग १६ वटा कार्यक्रम संचालन गरिरहेको छ ।