पुस्तकमा महिलालाई अपमानित हुने गरी शव्द प्रयोग गर्ने लेखकलाई तत्काल कारवाही गर्न माग

0
160

उदयपुर । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनरक्षक पदका लागि लोकसेवा तयारी पुस्तकमा महिलाबारे अपमानित तथा आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएको भन्दै उदयपुरका महिला अधिकारकर्मीहरुले त्यसविरुद्ध कारबाहीको माग गरेका छन् ।

बुधवार अधिकारकर्मी,समाजिक संघ सस्था र महिला जनप्रतिनिधीहरुको संयुक्त वैठक वसी छलफल गरेर लेखकलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकरी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा कोशि प्रदेशका उपसभामुख माननिय सृजना दनुवार,त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राई,वेलका नगरपालिकाका उप प्रमुख जिरा राई लगाएतको उपस्थिीती रहेको थियो ।

वन सेवाका सहायक संरक्षण अधिकृत राम एकवाल दासद्वारा लिखित “नेपाल वन सेवा दिग्दर्शन, गेमस्काउट, वनरक्षक, सफलताको साथी“ पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि चौतर्फी आलोचना भएको छ । सामाजिक संजालमा विरोधका साथै अधिकारकर्मीहरुले पुस्तकका लेखक र प्रकाशक विरुद्ध कानुनी उपचारका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा पुस्तक मार्फत पाठक वर्गमा गलत सन्देश दिने, महिलाको चरित्रहत्या गर्ने, महिला अस्मिताको खिल्ली उडाउने प्रश्नोत्तर राखिएको आपत्ति जनाउँदै खेद प्रकट गरिएको छ ।

अधिकारकर्मीहरूले पुस्तक प्रतिबन्ध लगाई लेखक र प्रकाशकलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । यसका साथै लेखकलाई पदबाट निलम्बन गरेर सार्वजनिक रुपमा माफि माग्न लगाउँदै आम महिलाहरुको आत्म सम्मानमा लागेको चोटलाई सम्बोधन गर्न माग गरिएको छ ।

पुस्तकको सेट २४, जेन नम्वर १४३ को १८ नम्बर प्रश्नमा महिलाबारे आपत्तिजनक कुरा सोधिएको छ ।
महिला मानव अधिकार रक्षक संजाल, गैर सरकारी संस्था महासंघ, ओरेक उदयपुर, फेडो, महिला सशक्तिकरण श्रोत केन्द्र, उदयपुर एकल महिला समुह र समाजिक संघ सस्था, नागरिक समाजका प्रतिनिधिहरुको संयुक्त उपस्थिीतीमा प्रमुख जिल्ला अधिकरी जनार्दन गौतम मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।