ओरेक उदयपुरमा तिन महिने ढाका बुनाई तालिम संचालन 

0
49

उदयपुर । ओरेक नेपाल उदयपुरमा तिन महिने ढाका बुनाई तालिम सुरु भएको छ । ओरेक नेपाल र त्रियुगा नगरपालिकको साझेदारीमा तालिम संचालन भएको हो । शनिवार त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, ओरेक नेपालका अध्यक्ष डा रेणु अधिकारी,त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत,वडा ९ का वडा सदस्य मिरा विश्वकर्मा र ओरेक नेपालका सचिव सविता पोखरेल, निर्वतमान अध्यक्ष रामवती चौधरीले संयुक्त तालिमको उद्घाटन गर्नुभएको हो ।

ओरेक नेपालका अध्यक्ष डा.रेणु अधिकरीले थोपा थोपा मिलेर समुन्द्र बन्छ , हाम्रो आन्दोलनले महिला नेतृत्व स्थपित गरेको छ । महिलाको सीप र आर्थिक अवस्था पनि बलियो बनाउन आवश्यक छ र यस्तो सिपमुलक तालिमहरुले जिबिको पार्जन गरी आर्थिक अवस्था सुनिश्चित गर्न सहयोग पुग्ने बताउनुभयो । स्थानीय महिलाले उत्पादन गरेको सामाग्री बिक्रीको लागि पनि ओरेकले आफै बिक्री केन्द्र राख्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले यस्ता सिपमुलक कामहरु बृद्धि गर्दै लैजाने, हिजो हामिले प्रयोग गर्दै आएको गुन्द्री मकैको खोस्टो बाट बनेका पिर्का हरु बिस्थापित हुँदै गएका छन यसलाई पुन स्थापित गर्दै महिलाको सिपलाई उधोग व्यवसाय संग जोड्दै बजार सम्मको पहुचमा पुगाउन र व्यवस्थापन गर्नको लागी नगरपालिका तयार भई यो तालिमको सुरुवात भएको बताउनु भयो ।

त्रियुगा नगरपालिका वडा नम्वर ९ राजावास ओरेक नेपालमा संचालित तालिममा स्थानिय १० जना महिला दिदिवहिनीको सहभागीता रहेको छ । प्रशिक्षक रुपमा कुमारी मगर र दया दनुवार हुनुहुन्छ ।