प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

0
11

उदयपुर ।  प्रदेश १ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जजना दनुवार निर्वाचित भएकी छिन् ।
शनिबार प्रदेश सभामा सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित उपसभामुख दनुवारले ५७ मत प्राप्त गर्दा कांग्रेसकी राईले ३३ मत मात्र प्राप्त गरिन् । कुल ९३ सांसद रहेको प्रदेश १ सभामा उपसभामुखको निर्वाचनका लागि सभामुखबाहेक ९० सांसदले मतदान गरेका थिए ।

प्रदेशसभामा उपस्थित रहेका सदस्यको बहुमत प्राप्त गरेकाले संसद दनुवारलाई उपसभामुखमा निर्वाचित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए । प्रदेश १ सभामा सत्तागठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका गरी कुल ६० सांसद छन् । मुख्य प्रतिपक्षी कांग्रेसको २९ र प्रतिपक्षी एकीकृत समाजवादीका चार सांसद छन् ।