महिला सशक्तिकरण श्रोत केन्द्रको नेतृत्वमा ज्योति दनुवार चयन

0
187

उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्रको नेतृत्वमा ज्योति दनुवार चयन चयन हुनु भएको छ । बुधवार भएको सस्थाको १४ औँ बार्षिक साधारण सभा र छैठो अधिवेशनले दनुवारलाई कार्यसमितीको अध्यक्षमा  निरविरोध सर्वसहमतिले चयन गरेको निर्वाचन मण्डलका संयोजक सविता पोखरेलले बताउनुभयो । उहाँका अनुसार उपाअध्यक्षमा सुस्मा कुमारी सार्की,सचिवमा जानुका कार्की,कोषाअध्यक्षमा उषा चौधरी,सदस्यमा क्रमशःरन्जना मगर,मन्जु दनुवार र सुस्मिता दनुवारलाई चयन गरेको छ ।

साथै भौगलिक अवस्था र समावेशितालाई आधार मानेर थप २ जना पछी मनोनित हुने पनी उहाँले बताउनु भयो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ मा रहेको ओरेक आधारमा कार्यक्रम सम्पन्न भएको थियो ।

सस्थाले सामुदायिक रेडियो उदयपुर संचालन संगै युवा महिला नेतृत्व,वालविवाह न्युनिकरण अभियान,यौन तथा प्रजनन् स्वास्थ्य अधिकार लगाएतको अभियान ग्रामिण समदुयामा संचालन गर्दै आइरहेको सस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो ।