Tuesday, July 21, 2026
Homeप्रमुख समाचारमहिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको १४ औँ वार्षिक साधारण सभा तथा छैठो...

महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको १४ औँ वार्षिक साधारण सभा तथा छैठो अधिवेशन सम्पन्न 

उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको १४ औँ वार्षिक साधारण सभा तथा छैठो अधिवेशन सम्पन्न भएको छ । बुधवार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ मा रहेको ओरेक आधारमा सस्थाको साधारण सभा सहित छैठो अधिवेशन सम्पन्न भएको हो ।

साधारण सभामा सस्थाका सचिव कमला खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै सस्थाले अगामी बर्षको योजनामा ग्रामिण युवा महिलाहरुको नेतृत्व विकास कार्यक्रम अन्तगर्त केश डकुमेन्टेशन तालिम,पालिका स्तयरीय युवा भेला,अभिमुखिकरण युवा महिला नेतृत्व विकासको तालिमको म्यानुअल निमार्ण गर्ने ,समाजिक अभियान अन्तगर्त वाल विवाह न्युनिकरण,यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी रेडियो कार्यक्रम उत्पादन ,प्रशारण,जिल्लाको ८ वटै पालिकामा वाल विवाह न्युनिकरण सम्वन्धी नितीगत बहस,स्कुल शिक्षा लगाएत कार्यक्रमहरु अघी सारेको बताउनुभयो ।

यस्तै सस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधा मगरले प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सस्थाको आर्थिक वर्ष २०७८÷०७९ मा १ करोड १९ लाख ७५ हजार ५ सय ४५ रुपैया वरावारको कारोवार गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी संस्थाका सस्थापक अध्यक्ष डा.रेणु अधिकारीले समाजिक आन्दोलनको सपनाले महिला सशक्तिकरण श्रोत केन्द्रको जन्म भई अहिले याहाँ सम्म आइपुगेको बताउनुभयो ।उहाँले महिला सशक्तिकरणको लागी नमुना बनोस, कितावको ज्ञानको नमुना नभई व्यवहारमा भएको ज्ञानलाई रुपान्तरणको नमुनाका रुपमा महिला वादी क्षमता विकास गर्न १४ वर्ष अगाडी सस्थाको स्थापना गरेको बताउनुभयो । उहाँले सस्थाको रणनैतिक योजनामै सस्थाले ५ वर्षभित्र युवा महिलाले नेतृत्व गरेको सस्थाको रुपमा देशभरमा स्थापना हुनेछ । यस अर्थ अवको नेतृत्व पुस्ता हस्तान्तरण हुनु पर्छ र हुनेछ उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य सिर्जना दनुवार,गिता रेग्मी,लिला राई,सम्झाना तामाङले महिला सशक्तिकरणको अभियानमा संगै साथमा रहने बताउनुभयो । जिल्ला वाट ४ जना महिला प्रतिनिधीहरु प्रदेश सभा सदस्यमा निर्वाचित भएको हुदा महिलाको सवालमा जहिले एक जुट भएर संसदमा आवाज उठाउने बताउनुभयो । सस्थाको मातहतमा रहेको सामुदायिक रेडियो उदयपुरको निमार्णधिण भवन निमार्णमा सहयोग समेत गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै सोहि कार्यक्रममा नव निर्वाचित प्रदेश सदस्यज्युहरुलाई वधाई तथा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा गैसस महासंघ उदयपुरका अध्यक्ष सिर्जना पौडेल,ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपाने,त्रियुगा नगरपालिकका न्यायिक समितीको सदस्य मिरा विश्वकर्मा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्वतमान अध्यक्ष मन्दिरा दनुवारको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रको कार्यक्रममा स्वागत मन्त्वय सस्थाको उपाअध्यक्ष माया भण्डारीले राख्नुभएको थियो ।

यस्तै सस्थाको छैठो अधिवेशनले कार्यसमितीको अध्यक्षमा ज्योति दनुवारलाई चयन गरेको छ भने उपाअध्यक्षमा सुस्मा कुमारी सार्की,सचिवमा जानुका कार्की,कोषाअध्यक्षमा उषा चौधरी,सदस्यमा क्रमशः रन्जना मगर,मन्जु दनुवार र सुस्मिता दनुवारलाई चयन गरेको निर्वाचन समितीका संयोजक सविता पोखरेलले बताउनु भयो ।

थप फोटो फिचर

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular