रेडियो उदयपुरको भवन निमार्णमा आमा दिव्यश्वरी अधिकारीद्धरा ५ लाखको चेक हस्तान्तरण

0
21

उदयपुर । सामुदायिक रेडियो उदयपुरको भवन निमार्णमा आमा दिव्यश्वरी अधिकारीले ५ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको छ । उहाँले सामुदायिक रेडियो उदयपुरको भवन निमार्ण सम्पन्न गर्न सो रकम सहयोग गर्नुभएको हो । सस्थाको १४ औँ वार्षिक साधारण सभाको अवसरमा उहाँले रकम सहयोग गर्नुभएको हो ।

छोरीहरुको काम र अभियानमा प्रेरणा थप्न, र एक्यवद्धता का लागि उहाँले सहयोग गरेको बताउनुभयो । छोरीहरुले हौसला प्रेरणा अबसर पाए भने आफ्नो जिबन,आफनो समुदाय ,देश र संसारै परिबर्तन हुने उहाँको मान्यता छ । उहाँ महिला सशक्तिकरण/सामुदायिक रेडियो उदयपुरका सस्थापक अध्यक्ष डा.रेणु अधिकारीको आमा हुनुहुन्छ ।