उदयपुर । उदयपुरमा महिनावारी स्वच्छता दिवस विभिन्न कार्यक्रम गरि मनाईएकोे छ ।दिवसको अवसरमा उदयपुरको त्रियुगा नगरपालिका वडानम्बर ९ राजावास ओरेक नेपालमाएक दिने किशोरी स्वास्थ्य मेल तथा हानिकारक परम्परागत सोच र अभ्यासका साथै स्थानिय जडिबुटी सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सन् १९८७, मे २८ मा यो दिवसको सुरुवात संगै, महिलाको स्वास्थ्यसंग सरोकार राख्ने संस्थाहरुले वार्षिक अभियानको रुपमा यो दिवस मनाउँने गर्दछन् ।
यो वर्ष पनि“सन् २०३० सम्म महिनावारी जीवनको सामान्य तथ्य”भन्ने विषयवस्तुको साथ यो दिवस संसारभर मनाईएको छ ।यसै अवसरमा‘मर्यादित महिनावारी,हामी सबैको जिम्मेवारी’ भन्ने मुलनाराको साथ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसमे २८को अवसरमा उदयपुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्नभएको हो ।
कार्यक्रममा सामाजिक हानीकारक परम्परागत अभ्यास, अभ्यासका कारण महिलाहरुले भेग्नु परेको समस्या, लैङ्गिकता, महिला अधिकारको विषयमा छलफल गरिएको छ । यसैगरि कार्यक्रममा महिनावारी हुदाआउने समस्या समाधारको लागि जडिबुटिको उपयोग र यसको महत्वको विषयमा पनि व्यापक छलफल भएको छ ।
यसैगरि कार्यक्रमको अन्तिममा महिनावारीका कारण हुनसक्ने मानसिक समस्याको समाधान र उपचारको लागि मनोसामाजिक मनोविमर्शको परिचय, महत्व, उपचार, विधि र पद्धतीको विषयमा मनोसामाजिक परामर्श कर्ता कमला खडेकाले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा ओरेक नेपालक ाकार्यक्र मअधिकृत बाला कार्की, आयुर्बेद ओषधीको विषयमा सम्राट आर्युवेद औषधालयका प्रमुख अनिल कटुवालले सहजीकरण गर्नु भएको थियो ।
महिला सशक्तिकरण श्रोतकेन्द्र, ओरेक उदयपुर र महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त अयोजनामा सम्पन्न भएको कार्यक्रम महिला सशक्तिकरण श्रोतकेन्द्रको कार्यक्रम संयोजक अप्सरा समालले सञ्चालन गर्नु भएको थियो ।कार्यक्रममा त्रियुगा नगरपालीका भरिका युवा, महिला र किशोर किशोरीहरुको बाक्लो उपस्थितथी रहेको थियो ।