उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले आफनो १३ औं वार्षिक साधारण सभाको अवसरमा बृक्षारोपण गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ को पंन्च कन्या सामुदाकिय वन उपभोक्त समिती भित्र रहेको डल्ले चौरमा विभिन्न प्रजातिको विरुवा रोपर साधारण सभाको भव्य रुपमा समापन गरेको छ ।
रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी संसारमा बाँच्न नसक्ने भएकोले सस्थाको वार्षिक साधारण सभाको अवसरमा बृक्षारोपण गरेर सुभारम्भ गरेको सस्थाको अध्यक्ष मन्दिरा दनुवारले बताउनुभयो । उहाँले विरुवा रोपे संगै सदस्यहरुमा बनजंगलमा वोटविरुवलाई बचाएर राख्नु पर्ने सचेतना गराउनुभएको थियो ।
यस्तै उहाँले महिला सशक्तिकरण स्रोत केन्द्रले समुदाय तहदेखी महिलाको अनुभवमा केन्द्रित सुचना प्रवाह गद्रै सामाजिक रुपान्तरणका लागी काम गर्दै आईरहेको बताउनुभयो । उहाँले समानता र सशक्तिकरणको लागी हाम्रो अभियान भन्ने मुल नारा संगै स्थानिय महिलाको भोगाई,अनुभव,सिप र ज्ञानमा आधरित संकलीत युवा महिलाहरुद्धरा संचालित संचार माध्यमवाट समुदाय तह देखी नै पाखा लगाईएका महिलाहरुको न्यायमा पहुँच बढाउने लक्ष्यका साथ निरन्तर काम गर्दै आइरहेको बताउनुभयो ।
मंगलवार सम्पन्न कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष रामवती चौधरी,जिल्ला समन्वय समिती उदयपुरका उप प्रमुख गंगा राई,त्रियुगा नगरपालिकाका उप प्रमुख देवी कुमारी चौधरी,त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउत, सस्थाका सल्हाकार सृजना दनुवार ,नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का,गै.स.सका अध्यक्ष सुमन परियार लगाएतको संस्थाले महिला वालवालिका क्षेत्रमा काम गर्दै संचारको माध्यमवाट महिलाको आवाजलाई बुलन्द पार्दै आगाडी वढिरहेकोमा प्रसंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
। कार्यक्रममा विभिन्न समाजिक संस्थाको प्रतिनिधी,स्थानिय जनप्रतिनिधी,युवा महिला र संस्थाको सधारण सदस्य गरी ८० जना वढी महिलादिदि वहिनीहरुको सहभागिता रहेको थियो ।
संस्थाको संगठनिक प्रतिवेदन संचालक समितीका सचिव कमला खड्काले प्रस्तुत गुर्नभएको थियो भने आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रगति प्रतिवेदन संस्थाको कोषाध्यक्ष फुलकुमारी मगर ज्युले १ करोड ३४ लाख २४ हजार ७० रुपैया ३५ पैसा वरावरको आर्थिक प्रगति प्रतिवेद प्रस्तुत गर्नुभएको थियो ।