महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १३ औं साधारण सभा सम्पन्न

0
286

उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ को पंन्चकन्या सामुदाकियक वनमा अवस्थित दर्जने डल्ले चौरीमा सभा सम्पन्न भएको हो ।
महिला सशक्तिकरण स्रोत केन्द्रले समुदाय तहदेखी महिलाको अनुभवमा केन्द्रित सुचना प्रवाह गद्रै सामाजिक रुपान्तरणका लागी काम गर्दै आईरहेको संस्थाका अध्यक्ष मन्दिरा दनुवारले बताउनुभयो । उहाँले समानता र सशक्तिकरणको लागी हाम्रो अभियान भन्ने मुल नारा संगै स्थानिय महिलाको भोगाई,अनुभव,सिप र ज्ञानमा आधरित संकलीत युवा महिलाहरुद्धरा संचालित संचार माध्यमवाट समुदाय तह देखी नै पाखा लगाईएका महिलाहरुको न्यायमा पहुँच बढाउने लक्ष्यका साथ निरन्तर काम गर्दै आइरहेको बताउनुभयो ।

संस्थाले महिलाको शिक्षाको अधिकार,स्वास्थ्यको अधिकार,महिलाको काम र कामका लागी स्वतन्त्रताको अधिकार,आर्थिक अधिकार र बालबिवाह विरुद्ध लगाएतका सवालहरुमा चेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिरहेको सस्थाको कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो ।

यस्तै कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष रामवती चौधरीले संस्थालाई जन्म दिन संस्थापक अध्यक्ष डा. रेनु अधिकारीको देन रहेको बताउनुभयो । उहाँले डा.अधिकारीको सवै ठाउँमा महिलाको पहुच हुनुपर्ने मान्यता आज यस सस्थाले पुरा गर्दै गएको बताउनुभयो ।

यस्तै महिलाद्धरा नेतृत्व गरेको संस्था जिल्लामै नमुनाको रुपमा उदहारण योग्य रहको जिल्ला समन्वय समितीका उप प्रमुख गंगा राईले बताउनुभयो । यस संस्थाले समुदाय स्तरमै पुगेर महिला बालिका किशोरीहरु संगको कार्यक्रमहरु संचालन गरेकोमा प्रसंसा गर्नुभयो ।

यस्तै त्रियुगा नगरपालिका उप प्रमुख देवी चौधरीले अझै समाजमा पितृसताले घेरेको हुनाले प्रतेक स्थानमा महिलाले आफनो पहुचको लागी लडाईनै गर्नुपरिहेको बताउनुभयो । उहाँले प्रतेक समाजिक संस्थाहरुमा महिलाले नेतृत्वकै भुमिका आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सस्थाका सल्हाकार सृजना दनुवार,त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउत ,नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का,गै.स.सका अध्यक्ष सुमन परियार लगाएतको संस्थाले महिला वालवालिका क्षेत्रमा काम गर्दै संचारको माध्यमवाट महिलाको आवाजलाई बुलन्द पार्दै आगाडी वढिरहेकोमा प्रसंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न समाजिक संस्थाको प्रतिनिधी,स्थानिय जनप्रतिनिधी,युवा महिला र संस्थाको सधारण सदस्य गरी ८० जना वढी महिलादिदि वहिनीहरुको सहभागिता रहेको थियो ।

संस्थाको संगठनिक प्रतिवेदन संचालक समितीका सचिव कमला खड्काले प्रस्तुत गुर्नभएको थियो भने आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रगति प्रतिवेदन संस्थाको कोषाध्यक्ष फुलकुमारी मगर ज्युले १ करोड ३४ लाख २४ हजार ७० रुपैया ३५ पैसा वरावरको आर्थिक प्रगति प्रतिवेद प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाले साधारण सभाको अवसरमा पंन्च कन्या सामुदाकिय वनको डल्ले चौरमा बृक्षारोपन समेत गरेको थियो ।