मासवेसको १८ औँ बार्षिक उत्सव सम्पन्न ।

0
274

उदयपुर । मुलधार महिला सेवा केन्द्र मासवेस उदयपुरको १८ औँ बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ । आइतवार मासवेसको आफनै सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।
आसनमा– महिला ,भाषणमा – महिला ,शासनमा – महिला मुल नाराका साथ मासवेस अगाडी बढिरहेको संस्थाका अध्यक्ष नजवुल खानले बताउनुभयो ।

स्वास्थ र शिक्षाको क्षेत्रमा सस्थाले उल्लेखनीय काम गरी बिशेष गरि पिछडिएको मुस्लिम ,मधेशी,एकल महिलाको हक अधिकारका लागी कामहरु गर्दै आएको अध्यक्ष खानले बताउनु भयो । उहाँले अब नेपालको सातै प्रदेशमा महिला तथा बालबालिका मन्त्रालयको ब्याबस्था हुनुपर्छ भन्ने जोडजार माग समेत गर्नुभयो । नेपालको ७७ वटै जिल्ला हरुमा महिला तथा बालबालिका कार्यालय बनाउनलाई आवाज उठाउने बताउनुभयो ।

यस्तै जिल्ला प्रहरी महिला शेलका प्रतिनिधी अम्बिका कार्की ले मासवेसल जिल्ला प्रहरी कार्यालय उदयपुर सग निरन्तर सहकार्य गर्दै सचेतनामुलक अभियानहरु संचालन गर्दै आइरहको बताउनुभयो । यस्तै युवा महिला अभियान्ता शशी लामा कार्की ले मासवेसले सधै महिलाको हक अधिकारको लागी संघर्ष गर्दै पहिचान स्थापित गर्न निरन्तर पहल गरिरहनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मुस्लिम संघ प्रदेश न, १ को प्रदेश सदस्य मोहमद कासिम अली ,मासवेस कोषा अध्यक्ष आनन्दवती चौधरी ( सानू) आभाशा अभियानता अर्बाज खान ,अभियानता तुलशा खत्री ,रन्जना भगत लगायका साधारण सदस्य हरुको उपस्थिति रहेको थियो ।