उदयपुरको पहिलो थारु संग्राहलय हेर्न आउनेको संख्या बढदै  (फोटो फिचर सहित)

0
310

डिएन चौधरी,उदयपुर । उदपुरको बेलका नगरपालिका २ करहिया,बेल्हा स्थित रहेको थारु संग्राहलय हेर्न आउनेको संख्या दिन दिनै बढ्दै गएको छ । उदयपुरको पहिलो थारु संग्रहालयमा कोभिड केहि नियन्त्रण भए पछी अहिले जिल्ला लागएत,सुनसरी र सप्तरी जिल्ला देखी संग्राहलयमा राखिएको समाग्रीहरु हेर्न आउन थालेको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए ।

कोभिडको कारणले पर्यटकको आवत जावतमा पुर्ण विराम लागे पछी बाहिर वाट संग्रहालय हेर्न आउनेको संख्या पनी शुन्यमा झरेको थियो । तर अहिले जन जिवन समान्य बन्दै गए पछी आन्तरिक पर्यटकको संख्या बढदै गएको छ।
संग्रहालयमा जन्म देखी मृत्युपर्यन्तसम्म थारु समुदायले प्रयोग गर्ने थारु जातीको मौलिक समाग्रीहरुकोे अवलोकन गर्न सकिन्छ ।

२०७७ मंसिर १३ गते तत्कालिन पर्यटन वन तथा वतावारण राज्य मन्त्रि माननीय विजय कुमार विश्वासको प्रमुख अतिथ्यतामा संग्रहालयको भवन उद्धघाटन गरेको थियो । संग्रहालयका अध्यक्ष समेत रहेका मिश्रीकान्त चौधरीले वेलका नगरपालिका २ करहिया वेल्हामा रहेको ६ धुर जग्गा संग्रहालय निमार्णका लागी दान गरेका थिए ।

आर्थिक बर्ष २०७५÷०७६को नगर स्तरिय थारु उत्थान विकास समिती वेलका नगरपालिका वाट १० लाख ३० हजार,आ.व २०७६÷०७७ वाट ५ लाख,क्रमश ४ लाख र आ.व २०७७÷०७८ वाट १ लाख ३० हजार यस्तै आ. २०७६÷०७७प्रदेश १ प्रदेश विशेष कार्यक्रम माननीय श्री विमल कार्कीको संसदिय कोषवाट ४ लाख ५३ हजार र वेलका वडा नम्वर २ वाट ५० हजार र १ नम्वर वडा कार्यलय वाट २५ हजार सहयोगमा थारु संग्रहालय निमार्ण भएको संग्रहालयका संस्थापक तथा संरक्षक सदस्य नन्दि लाल चौधरीले बताए ।

उनका अनुसार कोभिड माहामारीका कारण र राम्रो प्रचार प्रशार हुन नसेकोले लक्ष्य अनुसारको पर्यटकमा बृद्धि हुन नसकेको बताए ।

बेलका नगरपालिका १ र २ मा बाक्लो रहेको थारु बस्तीमै थारु होम स्टे पनी संचालन रहेको र नजिकै कोशि टप्पु बन्यजन्तु आरक्षण समेत रहेकोले पर्यटको प्रचुर सम्भावना रहेको बताए । यसको प्रचार प्रसारका लागी स्थानिय पालिकाहरुले पनी पहल गर्नु पर्ने उनले बताए ।

पुर्व जानकारी सहित आउने पर्यटकहरुको लागी थारु परिकारको व्यवस्था र समुदयको मौलिक सस्कृति,रितिरिवाजको पनी अवलोकन गर्न सकिने चौधरीले बताए ।